s

साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी गर्ने पक्राउ

काठमाडौं : साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन्।

उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिने भनेर १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

प्रतिव्यक्ति साढे ८ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख २० हजार कमाई हुने आश्वासन दिएर १७ लाख पाएपछि सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Published on: 11 December 2023 | Annapurna Post

Link

Back to list

;