s

स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगेको आरोपमा युवक पक्राउ

२८ चैत, काठमाडौं। स्लोभाकिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्‍ने ४६ वर्षीय उकराज नेम्वाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितसँग स्लोभाकिया पठाइदिने भन्दै १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Published on: 12 April 2023 | Onlinekhabar

Link

Back to list

;