s

सीमामा कर्णालीवासीको पीडा : ४५ दिनदेखि अलपत्र छौँ

नेत्र शाही

जुम्ला,जेठ २ गते । कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनले नेपाल र भारतको सीमा सिल भएको छ । पश्चिम नेपालको नेपालगञ्जमा कारोना देखिएकाले झन कडा छ । तर कोरोनाभाइरसभन्दा पनि कहाँ बस्ने र कसरी सुरक्षित हुने भन्ने विषयमा ४५ दिनदेखि अलपत्र भएको पीडा नेपालगञ्ज सीमामा अलपत्र परेका नागरिकहरूले सुनाएका छन् । भारतमा रोजगारीमा सिलसिलामा गएका नागरिक फिर्ता हुन नपाई भारतमा हेपिएर दिन गुजारेका छन् ।

'एक महिनाअघि नेपालगञ्जको सीमा रुपैडिहामा आएका थियौँ । फेरी कहिले बहर्राइच त कहिले नानपारा भारतले लखेटेर दिन काट्यौँ । त्यहाँ क्वारेन्टाईनमा बस्यौँ, अब भने भारतले नेपालको सीमामा पुर्याएको छ । अब भारत नफर्किनु भनेर प्रहरीले भनेको छ, के गरौँ ।' नेपालीहर?ले पीडा सुनाएका छन् ।

'अुब कता जाउँ ? सरकारले नेपालमै व्यवस्थापन गरिदिएको भए हुन्थ्यो ।' जुम्ला हिमा गाउँपालिका १ निवासी गगनबहादुर शाहीले गुनासो पोख्नुभयो । उहाँले मध्यरात कर्णालीसहित नेपालका चार सय मानिस सीमानाकामा आएकाे बताउनुभयाे । 'एक प्याकेट चाउचाउको भरमा हिजोदिखी बसेका छौँ । भोक लागिसक्यो, खानाँ कता ? बास कता गर्ने होला ?' उहाँले भन्नुभयो । सोही गाउँका मीनबहादुर शाहीले ३५ जना जुम्लाका र अन्य कर्णालीभरि तीन सय बढी मानिसहरु अहिले नेपालगञ्जको सीमामा अलपत्र रहेका बताउनुभयो ।

व्यवस्थापन तयारी गर्दै कर्णाली सरकार

सीमानाकामा नेपालीहरू अत्यधिक आएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कर्णाली प्रदेश सरकारले तयारी थालेको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका स्वकीय सचिव अनिल अधिकारीले तथ्याङक लिएर व्यवस्थापन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । यसैगरी भारतमा रेल चलेपछि तथा अत्यधिक नेपाली भित्रिने भएपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू र सरोकारवालाहरूको बैठक बसिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सचिवालयले जानकारी दिएकाे छ । अहिलेसम्म कोरोनामुक्त कर्णाली अब सुरक्षित गर्ने एकातिर, अलपत्र परेकालाई उचित व्यवस्थापन, जाँचसहित नागरिकको सुरक्षा गर्ने जिम्मेवारी कर्णालीलाई आएको छ भने अर्कोतिर व्यवस्थापन चुनौती थपिएको छ ।

Published on: 15 May 2020 | Gorkhapatra

Link

Back to list

;