s

सीमाबाट युवतीको उद्धार

कञ्चनपुर (कास)– वैदेशिक रोजगारीका लागि किर्गिस्तान पठाइदिने भन्दै गड्डाचौकी भएर भारत लगिँदै गरेकी एक युवतीको उद्धार गरिएको छ । भारतीय सुरक्षाकर्मीको सहयोगमा माइती नेपाल कञ्चनपुरले उनलाई स्वदेश फर्काएको हो । 
 
महोत्तरी माईस्थानकी उनलाई दलालले सीमा कटाउन लागेका थिए । उनीसँगै ल्याइएकी हेटौंडाकी एक किशोरीलाई दलालले भारततिर लगेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।
 
Published on: 14 June 2016 | Kantipur

Back to list

;