s

शुक्रबार छ देशबाट १३ सय स्वदेश आए, दुई सय विदेशी फर्किए

चाँदनी हमाल

काठमाडौँ, असार १२ गते । शुक्रबार विभिन्न छ वटा मुलुकबाट एक हजार तीन जना नेपाली नागरिक नेपाल फर्केका छन् । त्यस्तै नेपालबाट दुई सय जना विदेश उडेका छन् । त्यस्तै मलेसियाबाट १५ जना नेपाली नागरिकको शव नेपाल ल्याइएकाे छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समिति र त्रिभुवन विमानस्थलका अनुसार बुधबार मलेसियाबाट दुई वटा फ्लाइटमा गरी सबैभन्दा बढी ४०२ जना नेपाली नागरिक नेपाल फर्केका हुन् ।

त्यस्तै बहराइनबाट दुई वटा फ्लाइटमार्फत २७३ जना, कुवेतबाट १६० जना र साउदी अरेबियाबाट १६८ जना नेपाली स्वदेश फर्केका छन् ।

नेपाल फर्कनु भएकाहरूलाई उपत्यकास्थित विभिन्न होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य परीक्षण र थप विवरण सङ्कलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।

यसैबीच बिहीबार विभिन्न मुलुकबाट एक हजार ५८ जना नेपाल फर्कनुभएको थियो ।

लकडाउनको समय भए पनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र कायमै रहेको विमानस्थलले उल्लेख गरेको छ । विभिन्न सात वटा विमानले घरेलु उडान भर्ने भएका छन् ।

Published on: 26 June 2020 | Gorkhapatra

Link

Back to list

;