s

श्रेष्ठविरुद्ध पौने ३ करोडको बिगो दाबी

राहदानी संकलन र भिसा प्रोसेसिङका नाममा कामदार ठगीको अभियोग खेपिरहेका राम श्रेष्ठको मुद्दामा ललितपुर जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । ललितपुरबाट मलेसिया गएका ४ हजार ५ सय ८७ जना कामदार ठगी गरेको भन्दै सरकारी वकिलको कार्यालयले उनीमाथि पौन ३ करोड रुपैयाँ बिगो दाबी गरेको छ ।
 
त्यससँगै श्रेष्ठविरुद्ध बिगोबमोजिमको जरिवाना र पाँच वर्ष कैदको माग गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । कार्यालयले श्रेष्ठ सञ्चालक रहेको भिएलएन तथा वन स्टप सेन्टरले ललितपुरबाट मलेसिया गएका कामदारबाट प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको अभियोग लगाउँदै सोमबार अदालतमा मुद्दा दायर गरेको थियो ।
 
Published on: 19 June 2018 | Naya Patrika

Back to list

;