s

श्रममन्त्रीद्वारा जापान रोजगारीबारे राजदूतसँग छलफल

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले नेपालका लागि जापानका राजदूत मासासी ओगावासँग जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने विषयमा छलफल गरेका छन् ।
 
मन्त्रालयमा सोमबार भएको छलफलमा आगामी दिनमा जापानमा नेपालीका लागि सुरक्षित रोजगारीको वातावरण सिर्जना गर्ने र उद्यमशीलाता विकासका लागि द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
जापानको रोजगारी नेपालीका लागि आकर्षक भए पनि जापान जाने कामदारको संख्या भने अत्यन्तै न्यून रहेको छ । गतवर्ष १ हजार ७ सय ७७ जना प्रशिक्षार्थी कामदार जापान गएकोमा यस वर्ष जम्मा ४ सय ३७ जना मात्र गएका छन् ।
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने जापानको रोजगारीलाई उच्च महत्व दिएको छ । संघले आफ्ना पूर्व उपाध्इक्ष एवं वरिष्ठ व्यवसायी मदनकुमार महतको संयोजकत्वमा ५ सदस्यीय जापान रोजगार प्रवद्र्धन समिति गठन समेत गरेको छ ।
 
समितिलाई जापानको रोजगारीमा देखिएको समस्या तथा नयाँ रोजगारी सिर्जना गर्ने सम्बन्धमा आवश्यक सबै सम्बन्धित निकायसँग छलफल एवं परामर्श गर्न निर्देशन दिइएको छ । जापानमा प्रशिक्षार्थी कामदारको ठूलो माग रहेको भएपनि नेपाल सरकारले उपयुक्त पहल नगरेका कारण आकर्षक तलबमा रोजगार पाउने अवसर गुमेको नेपाली व्यवसायीहरुको भनाइ रहँदै आएको छ ।
 
केही समय अगाडि जापानी एक टोली नेपालबाट केयर गिभरको रोजगारीमा युवायुवती लैजाने बारेमा गृहकार्य गर्न नेपाल आएको थियो । तर, नेपाल सरकारले लागू गरेको फ्री भीषा फ्री टिकट प्रणाली अन्तरगत सेवा शुल्क दश हजार मात्र लिनुपर्ने र जापानको कामदार छनोट प्रक्रिया अत्यन्तै ढिलो र झन्झटिलो भन्दै व्यवसायी उत्साहित देखएिका छैनन् । तर अहिले पनि जिट्को अन्तरगत २ सय २ म्यानपावर कम्पनी भने सूचीकरण भइ सरकारलाई शुल्क बुझाउँदै आएका छन् ।
 
जापानमा कामदार पठाउँदै आएका भियतनाम र इण्डोनेशियाले कामदार पठाउन छोडेपछि जापानी रोजगारदाता नेपालतर्फ आकर्षित भएका हुन् ।
 
त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत अलाईना बि टेप्लिज्ले पनि सोमबार नै मन्त्री बिष्टसँग भेटवार्ता गरेकी छन् । त्यस अवसरमा राजदूत टेप्लिजले नेपालबाट विभिन्न मुलुकमा भइरहेका मानव बेचविखनका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद ज्ञवालीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
 
Published on: 3 April 2018 | Madhyanha

Back to list

;