s

श्रममन्त्री विष्टसित व्यवसायी संघका अध्यक्षको आग्रह : फ्रि भिसा फ्रि टिकट पुनरावलोकन होस्

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले फ्रि भिसा फ्रि टिकटको व्यवस्था पुनरावलोकन गर्न आग्रह गर्नुभएको छ ।नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई बधाई र शुभकामना दिन संघले काठमाडौंमा मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । म्यानपावर व्यवसायीले चाहेर पनि फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गर्न नसक्ने उहाँको भनाई छ । फ्रि भिसा फ्रि टिकटको निर्णय अवैधानिक रहेको दावी गर्दै गुरुङले यो व्यवस्था पुनरावलोकन गर्न श्रमिक पठाउने अरु देशका अभ्यास हेर्न पनि आग्रह गर्नुभयो । गुरुङले वैदेशिक रोजगारीमा जानेलाई सुलभ र सुरक्षित रुपले पठाउन पहल गरेपनि केही मानिसका पूर्वाग्रहको कारण पूरा हुन नसकेको बताउनु भएको छ । कार्यक्रममा बोल्दै गुरुङले स्वास्थ्य परीक्षणका नाममा साउदी अरब, ओमान र बहराइन जाने एक लाख भन्दा धेरै युवा मार्च १ देखि जान रोकिएको जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणको नाममा भइरहेका सिण्डिकेटको अन्त्य गर्न पनि उहाँले मन्त्री विष्टसित आग्रह गर्नुभयो । 
 
Published on: 21 March 2018 | Ujyaaloonline

Back to list

;