s

श्रमिकलाई राहत प्याकेज ल्याऔं : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले कोरोनाका कारण प्रभावित श्रमजीवी वर्गलाई विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्नुपर्नेहरूलाई खाद्यान्नलगायत आवश्यक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘आज विश्वव्यापी महामारीका रूपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिंगो विश्व नै संघर्षरत छ । यति बेला संसारभरका श्रमजीवी मजदुरको रोजगारी गुमिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवी जनसमुदायमा अपिल गर्छु ।’

दाहालले देशका विभिन्न भागबाट घर फर्किने क्रममा अलपत्र परेका मजदुरलाई सुरक्षित रूपमा पुर्‍याउनुपर्ने उल्लेख गरेका छन् । २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरूमा श्रमजीवीको बलिदानीपूर्ण संघर्षलाई समेत दाहालले स्मरण गरेका छन् ।

Published on: 1 May 2020 | Kantipur

Link

Back to list

;