s

श्रमिकको उद्धार गर्नुपर्ने मागसहित ज्ञापनपत्र

विष्णु घिमिरे

साउदी : नेपाली जन प्रगतिशील मञ्च साउदी अरेबियाले नवनियुक्त राजदूत नवराज सुबेदीलाई स्वागत गरेको छ। मञ्चले साउदीमा रहेको श्रमिक समस्या र समसामयिक विषयलाई ध्यानाकर्षण गराउदै ६ बुँदे ज्ञापनपत्र पनि बुझाएको छ।

पछिल्लो समयमा साउदी अरेबियामा आएका मजदुरहरू अत्याधिक समस्यामा रहेकाले आफैंले काम दिन नसक्ने सप्लाई कम्पनीका मागपत्र स्वीकृत नगर्ने र मन्त्रीमन्डल क्याबिनेटबाट निर्णय गराउनु पर्ने संगठनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ।

त्यस्तै, पीडित कामदारको न्यायिक उद्धारका लागि नेपाल र साउदी अरेबियाको श्रम कानुनमा टेकेर पाउनुपर्ने न्याय, सुविधा र क्षतिपूर्ति खोज्न दूतावास र वैदेशिक रोजगार विभाग दुवैले अधिकतम सहजिकरण गर्नुपर्ने उल्लेख छ।

ज्ञापनपत्रमा पहिलो करारभित्र अलपत्र पर्ने कामदारको सकुशल उद्धार गर्न नसक्ने म्यानपावर कम्पनीको धरौटीबाट कट्टा गरी विभाग र दूतावासले उद्धारमा आउने खर्च व्यहोरी उद्धार गर्नुगर्ने, श्रम स्वीकृति नविकरण गरी आएका पीडित कामदारहरूका हकमा दूतावासले कुटनैतिक पहल गरी यथासक्य रोजगारदाता कम्पनीबाटै नभए वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट सहयोग लिइ पीडितको उद्धार गरिदिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ। त्यस्तै, अबैध कामदारहरू पुग्नुका कारण पत्ता लगाइ दूतावासले नै कुटनैतिक पहल गरी न्याय दिलाउने तथा श्रम ऐन कानुन ६३÷६४ लाई कार्यान्वयन गर्दै समस्यामा फसेकालाई उद्धार गर्न म्यानपावर कम्पनीको

धरौटीबाट रकम उपलब्ध गराउन सरकारले निर्देशन दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। कार्यक्रममा प्रवास समन्वय कमिटी गल्फ सदस्य तथा नेजप्रम राष्ट्रिय कमिटी साउदी अरबका संरक्षक कमल शाही निर्मलले नवनियुक्त राजदूतलाई सफल कार्यकालको शुभकामना दिए। उनले पछिल्लो समय साउदी अरेबियामा रोजगादाता सप्लायार कम्पनी, कन्ट्र्याक्टिङ कम्पनी तथा मेम्यानपावर व्यावसायीको गैर जिम्मेवारीका कारण धेरै नेपालीहरूले सम्झौता अनुरुपको सेवा सुविधा नपाएको अवस्थामा त्यस्ता कम्पनी र मेनपावरहरूलाई पहिचान गरी भिषा स्विकृती नगर्न, नगराउनको लागि पनि राजदूतको ध्यानाकर्षण गराएका छन्।

भौगोलिक हिसाबले विशाल साउदी अरेबिया सीमित स्रोतसाधन र कर्मचारी रहेको नेपाली दूतावासमा प्रत्येक प्रान्तमा घुम्ती शिविर राखेर श्रमिकको समस्या सम्वोधन गर्नसमेत सुझाव दिएका छन्। ज्ञापनपत्र संगठनका कार्यबाहक अध्यक्ष रामचन्द्र वाग्ले नेतृत्वको टोलीले राजदूतलाई नेपाली दूतावास रियादमा बुझाएको छ।

नवनियुक्त राजदूतलाई श्रमिकको हकहितका लागि ध्यानाकर्षण गराउने र ज्ञापनपत्र बुझाउने पहिलो संगठन बनेको छ। संगठनले साउदीमा कार्यरत नेपालीहरूको समस्या समाधानका लागि विभिन्न सामाजिक संघसंस्था र दुतावाससँग सहकार्य गर्दै आएको छ।

Published on: 29 August 2022 | Annapurna Post

Link

Back to list

;