s

श्रमिकको तलब वृद्धि

काठमाडौँ, वैशाख २१ गते । मलेसियामा काम गर्ने आप्रवासी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) एक हजार पाँच सय रिङ्गिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिनदेखि लागू हुने गरी आप्रवासी कामदारको आधारभूत तलब बढाएको हो ।

योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणका लागि कागजात पेस गर्दा पनि आधारभूत तलब एक हजार पाँच सय रिङ्गिट नै तोकेर पेस गर्न एक सूचनामार्फत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आग्रह गरेको छ । प्रमाणीकरणका लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रका सम्बन्धमा नयाँ तलब उल्लेख गरी पुनः पेस गर्न दूतावासले म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।

Published on: 4 May 2022 | Gorkhapatra

Link

Back to list

;