s

श्रमिकको स्वास्थ र सुरक्षामा सचेतना जगाउँदै महासंघ

तोयानाथ भट्टराई

इलाम : चिया उद्योग र अलैंचीमा काम गर्ने श्रमिकलाई स्वास्थ्य र सुरक्षाका विषयमा सचेतना जगाउने उद्देश्यले इलाम र झापाका श्रमिकका लगि विशेष कार्यक्रम सुरु भएको छ।

इलाम र झापाका चिया वगानमा कार्यरत श्रमिकलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कानुन र नीतिलगायतका विषयमा सचेतना जगाउने विशेष कार्यक्रमअन्तर्गत सचेतनामूलक तालिम कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम सञ्चालनपछि त्यस क्षेत्रमा कार्यरत श्रमिकहरूले व्यवसायिक सुरक्षा र स्वास्थ्यका विषयमा पहिले जानकारी नभएको विषयमा जानकारी पाएको बताएका छन्। सूर्योदय नगरपालिका वाड न ११ को जनहित कृषि सहकारी सस्थाका कर्मचारी अनुप निरौला भन्छन् ‘श्रमिकको स्वास्थ्य र शुरक्षाका कुरामा उद्योगहरु संवेदनशिल नरहेको तालिम पछि जानकारी भयो।’

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आठ महिनाअघि देखि कोशी प्रदेशको इलाम जिल्लाका २० जना भन्दा बढि कामदार रहेको उद्योगमा व्यवसाय जन्य शुरक्षा तथा स्वास्थ्य कार्यक्रम ‘पाइलट प्रोग्राम’का रुपमा सञ्चालन गरेको परियोजनका कार्यक्रम फिल्ड संयोजक गोपाल पौड्यालले जानकारी दिए।

कार्यक्रमअन्तर्गत हालसम्म इलामका १४ चिया उद्योग र झापाका ९ अलैंची उद्योग र ७ वटा चिया उद्योगका ५८० जना श्रमिकलाई व्यवसायजन्य शुरक्षा र स्वास्थ्यको सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रमले कार्यक्रम लागू भएका ३० उद्योगका २ जनाका दरले दुबै जिल्लामा श्रमिकलाई प्राथामिक स्वास्थ्य उपचार तालिम प्रदान गरेको पौड्यालले बताए। कार्यक्रम सञ्चालन भएपछि इलाम र झापाका ३० उद्योगमा व्यवसायजन्य शुरक्षा तथा स्वास्थ्य समिति गठन गरेर उद्योगमा सचेतना कार्यक्रम सञ्चालन गरेको महासंघका सह निर्देशक तथा परियोजना व्यवस्थापक हरि पौड्यालले जानकारी दिए।

महासंघले परियोजना सञ्चालन भएका उद्योगका व्यवस्थापन पक्षका एक जना र १ जना श्रमिकलाई उद्योगमै व्यवसायजन्य शुरक्षा र स्वास्थबारे विज्ञ उत्पादन गर्ने उदेश्यले प्रशिक्षक प्रशिक्षण तालिम समेत सञ्चालन गरेको छ।

महासंले सञ्चालन गरेको कार्यक्रमले उद्योगमा श्रमिकको शुरक्षा र स्वास्थ्यको अवस्थामा सुधार आउने अपेक्षा राखेको महासंघले जनाएको छ। इलाममा बुधबारदेखि सुरु भएको तालिममा अन्तर्राष्ट्रिय श्रम संघ संगठन (आइएलओ)की दक्षिण एसिया हेर्ने प्रमुख प्राविधिक सल्लाहकार भारती विर्ला र आइएलोकी राष्ट्रिय कार्यक्रम संयोजक बन्दना अर्यालले सहजिकरण गरिरहेका छन्।

कार्यक्रमको उद्घाटनका अवसरमा प्रमुख अतिथि सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले रोजगारदाताले श्रमिकहरुलाई रोजगारीमा प्रवेश दिनु अघि व्यवसायजन्य शुरक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने बताए।

सल्लाहकार विर्लाले व्यवसायजन्य स्वास्थ्य र शुरक्षाको विषयलाई उद्यमी र कामदारले कार्यान्वायन गरे दुबै पक्षलाई फाईदाहुने बताइन्। कार्यक्रम संयोजक अर्यालले व्यवसायजन्य शुरक्षा र स्वास्थ्यको कुरा हेर्दा सानो देखिएपनि उद्योगमा दुबै पक्षलाई आवश्यक रहेको बताइन्। कार्यक्रम महासंघका लेखा तथा प्रशासन अघिकृत अशोक ढंगानाले अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन परियोजनाका फिल्ड संयोजक गोपाल पौड्यालले गरेका थिए।

Published on: 6 April 2023 | Annapurna Post

Link

Back to list

;