s

श्रमिकको पेट भर्दै युवा

काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ र ६ मा बस्ने श्रमिक र उनीहरूका परिवारलाई स्थानीय युवा क्लबले नियमित खाना खुवाइरहेको छ । लकडाउनका कारण रोजगारी गुमाएका श्रमिकलाई खाना खुवाउन थालिएको ५ नम्बरका वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

‘होप एन्ड च्यालेन्ज फर ह्युमानिटी’को सहयोग र ‘नयाँबस्ती युवा क्लब’को संयोजनमा क्लब परिसरमा भेला पारेर खाना खुवाइने गरेको छ । करिब दुई सयजनालाई खाना उपलब्ध गराइएको क्लबका पूर्वअध्यक्ष सुवास पुडासैनीले जानकारी दिए । लकडाउनभरि खाना खुवाइने क्लबका सचिव चन्द्रमणि  गौतम बताउँछन् ।

यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर ४ ले टिटिआई इलेक्ट्रोनिक्स नेपालको सहयोगमा आफ्नो क्षेत्रका करिब डेढ सय विपन्न परिवारलाई राहत वितरण गर्‍यो । उनीहरूलाई १२ किलो चामल, एक किलो दाल, एक किलो चिउरा, एक किलो नुन, आधा लिटर खानेतेल, दुई सय ग्राम भटमासको मस्यौरा, नुहाउने र लुगाधुने एक–एकवटा साबुन उपलब्ध गराइएको हो ।

Published on: 21 April 2020 | Naya Patrika

Link

Back to list

;