s

श्रमिकको न्यूनतम ज्याला बढाउन माग गर्दै कोरियामा प्रवासी मजदुरको प्रदर्शन

श्रमिकहरुको न्यूनतम ज्याला बढाउन माग गर्दै दक्षिण कोरियामा मजदुर संगठनहरुले प्रदर्शन गरेका छन्।

सबै श्रमिकको न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वोन वृद्धि गर्नुपर्ने माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु) र कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु) ले बुधबार प्रदर्शन गरेका हुन्।

राष्ट्रपतिको कार्यालय परिक्रमा गरी सउल श्रम विभाग अगाडि आमसभा गरी प्रदर्शन गरेको एमटियुका अध्यक्ष उदय राईले बताए।

रोजगारदाताहरुले भने न्यूनतम ज्याला निर्धारण समितिमा श्रमिकको ज्याला बढाउन नसिकने माग राखेको राईले जानकारी दिए।

‘कम्पनी तथा व्यवसायीहरुले कम्पनीको प्रकार तथा स्तरअनुरुप छुट्टाछुट्टै ज्याला तोक्नुपर्ने अडान लिएका छन्। यो प्रवासी श्रमिकहरुको ज्याला घटाउने चाल हो। तर मजदुर युनियनहरुले यसको कडा विरोध गरिरहेका छन्,’ उनले भने। 

युनियनहरुले यसको विरोध गरिरहेको उनले बताए।  दक्षिण कोरिया नेपाली श्रमिकहरुका लागि निकै आकर्षक गन्तव्य हो।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत वार्षिक सात हजारभन्दा बढी नेपाली युवाहरु कोरिया प्रवेश पाउँछन्। कोभिड महामारीपछि भने नेपाली श्रमिकहरु कोरिया रोजगारीमा प्रवेश पाएका छैनन्।

Published on: 24 June 2021 | Setopati

Link

Back to list

;