s

श्रमिकको न्यूनतम ज्याला बढ्यो, अब मासिक १७ हजार ३०० पाइने

काठमाडौँ — सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि नै लागू हुने गरी श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्‍याएको हो ।

वृद्धि गरिएको पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्‍याइएको छ ।

दैनिक आधारभूत ४१८, महँगी भत्ता २५० सहित जम्मा ६६८ तोकिएको छ । यसअघि श्रमिकका न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै थियो ।

यस्तै चिया बगानका श्रमिकको हकमा भने मासिक १३ हजार ८९३ पुर्‍याइएको छ । जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ छ । पारिश्रमिक वृद्धिको सूचना बिहीबार नै राजपत्रमा प्रकाशित गरिएको छ ।

Published on: 18 August 2023 | Kantipur

Link

Back to list

;