s

श्रमिकको दक्षता अभिवृद्धि गर्ने सिफारिससहित आईएलओको विश्व सम्मेलन सकियो

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को १११ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनले श्रमिकको क्षमता अभिवृद्धिको लागि नयाँ श्रम मापदण्डलाई स्वीकार गरेको छ ।

सम्मेलनले श्रम बजारको परिवर्तनसँग सामना गर्नको लागि सबै उमेर समूहको श्रमिकलाई सीप, दक्षता र उच्च दक्षता (स्किल, रिस्किल र अपस्किल) गर्नुपर्नेमा जोड दिइएको हो । यसको लागि आईएलओको सदस्य राष्ट्रका सरकार र रोजगारदाताले कार्यान्वयनमा ल्याउनुपर्ने २८ बुँदे सुझाव पत्रलाई सिफारिस गरेको छ ।

गत जुन ५ देखि १६ सम्म जेनेभामा सम्पन्न सम्मेलनले वातावरण परिवर्तन, सीपको अभावको कारण श्रम संसारमा देखा परेको बेरोजगारसँग सामना गर्नको लागि सबै श्रमिकलाई सीपयुक्त बनाउनको लागि सीपको विकाससम्बन्धी २८ बुँदे सिफारिस बनाइएको हो । सम्मेलनमा एक सय ८७ देशका सरकार, रोजगारदाता र ट्रेड युनियनसहित ५ हजार जनाको सहभागिता थियो । नयाँ सिफारिसले श्रमिकको दक्षता बढाउन अपनाइने मापदण्डलाई थप स्पष्टता बनाउनुको साथै श्रमिकको अधिकार र सुरक्षालाई सुरक्षित बनाइएको छ ।

सम्मेलनमा आईएलओ महानिर्देशक गिल्वर्ट हंग्वोले सामाजिक न्यायको लागि सरकार, रोजगारदाता र ट्रेड युनियन एक ठाँउमा उभिन आवश्यक रहेको बताए ।

Published on: 19 June 2023 | Kantipur

Link

Back to list

;