s

श्रमिकका समस्याप्रति संवेदनशील छौँ : राजदुत

लक्ष्मण खनाल

नेपाली राजदुतावास युएईले बैदेशिक रोजगारीको लागि युएई आउने नेपाली श्रमिकहरुका समस्याप्रति राजदुतावास संवेदनशील भएर लागि परेको बताएको छ ।

नेपाल पत्रकार महासंघ युएई शाखाको समन्वयमा गत शुक्रबार युएईमा क्रियाशील नेपाली पत्रकार र दुतावास पदाधिकारीबीच भएको भेटघाट कार्यक्रममा कार्यबहाक राजदुत सागर फुँयालले नेपाली कामदारकारका सानादेखि ठूला समस्याप्रति आफूहरु संवेदनशील भएर लागेको बताए ।
 
उनले दुतावासको जिम्मेवारी सम्हालेको एक सय एक दिनमा नेपाली श्रमिकका महत्वपूर्ण समस्याहरुको समाधान गर्न सफल भएको बताए । उनले लामो समयदेखि समाधान हुन नसकेका समस्याहरुलाई दुतावासका कर्मचारीहरुको सक्रियता, विभिन्न कुटनीतिक भेटमार्फत पहल गरी दुतावास सफल भएको दावी गरे ।
 
उक्त भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज वस्याल, केन्द्रिय प्रतिनिधि विनोद श्रेष्ठ, सल्लाहकार निमेष गिरी, लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दुतवासमा रहेका सम्पुर्ण पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
 
समाधान भएका समस्या
 
ब्लडमनी तिर्न नसकेर लामो समयदेखि घर जान नपाएका झापाका लोकेश खतिवडाको समस्या कुटनैतिक पहलमार्फत समाधान गरेको बताए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका सवारी चालक खतिवडा जसले चलाएको सवारी दुर्घटना हुदा भारतिय नागरिकको मृत्यु भएको थियो अबुधावी अदालतले ब्लडमनी विमा कम्पनीले तिर्नुपर्ने सुनुवाई गरे पनि उक्त रकम भरपाई नहुदा खतिवडा नेपाल जान पाएका थिएनन् ।
 
त्यसैगरी भिजिट भिषामा युएई आई सड्क दुर्घटनामा परी कोमामा पुगेका बाग्लुङ्गका सविन कुँवरले अस्पताललाई दिनुपर्नै उपचार खर्चमा परेको समस्यामा दुतावासको पहलमा च्यारिटिमार्फत समाधान गरिएको बताए ।
 
फुँयालले भिजिट भिषामा युएई ल्याएर अलपत्र पार्ने दलालहरुलाई कारवाही गरिने र कामदार भिषामा नेपालीहरु ल्याएर पनि सम्झौता अनुसारको सेवा सुविधा नदिने म्यानपावरहरुको श्रम रोक्का गरिने गरेको बताए ।
 
सचेतनाका लागि हाते पुस्तिका  
 
समस्याहरुको समाधानका लागि मुख्य साधन जनचेतना भएको बताउँदै फुँयालले दुतावासले चेतनामुलक विभिन्न कार्यक्रम शुरु गरेको बताए । उनले भने, ‘एक महिना लगाएर युएईका विभिन्न प्रान्तमा रहेको केन्द्रीय जेलहरुको भ्रमणबाट प्राप्त तथ्यांकबाट समस्याहरुको पहिचान भएको छ । उक्त समस्याहरुको न्यूनिकरण र समाधान गर्न एक महिने सचेतना कार्यत्रम लिएर धेरै नेपाली श्रमि भएका क्यापहरुमा जाने कार्यक्रम तय भएको छ ।’
 
युएईमा रहेका नेपालहरुलाई युएईमा गर्न हुने नहुने कुराहरु, श्रमिक सुरक्षा, दुतावासको कार्यविधि, हित प्रवद्र्धन र सचेतना सम्बन्धि महत्वपुर्ण जानकारी समेटेर दुतावासले ३६ पृष्ठ लामो हाते पुस्तिका पनि सार्वजानिक गरेको त्यसबाट पनि समस्या न्युनिकरण हुनेमा दुतावास विश्वस्त रहेको फुँयालको भनाइ थियो ।
 
दुतावास र पत्रकारबीचसम्बन्ध सुधार
 
अहिले राजदुतावास र पत्रकारबीच सम्बन्ध सुधार भएको छ । कार्यबहाक राजदुत फुँयालले पुराना कुरा बिर्सिएर मजदुरका समस्या समाधानका लागि युएईमा क्रियाशील पत्रकार तथा नेपाली संघसंस्था एकजुट भएर लाग्न आग्रह गरे ।
 
Published on: 22 April 2018 | Naya Patrika

Back to list

;