s

श्रमिकका समस्या समाधान गर्न भन्दै मन्त्री अर्यालले सार्वजनिक गरे ‘श्रमाधान’, टाइम कार्ड पनि दिइने (भिडि‌ओ)

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले श्रमिकहरूका सबै समस्या एक द्वार प्रणाली मार्फत् समाधानका लागि ‘श्रमाधान’ सार्वजनिक गरेका छन्।

२४ सै घण्टा श्रमिकका समस्या सुनुवाई तथा सम्बोधनका लागि यस अघिको कल सेन्टरलाई श्रम सहायता केन्द्र श्रमाधान नाम दिइएको मन्त्री अर्यालले बताए।

‘यो अभियान आजकै मितिबाट सुरू गरिएको छ। ६ महिना भित्र श्रमाधान मोबाइल एप हामी ल्याउँछौं। स्मार्ट फोन प्रयोगकर्ता श्रमिकहरूले आफ्ना उजुरी गुनासा मोबाइल एपबाटै टिपाउन सक्नु हुन्छ,’ मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले भने।

त्यस्तै समस्या समयमै समाधान गर्ने उदेश्यले टाइम कार्डसमेत लागू हुने उनले उल्लेख गरे।
‘समस्या हेरेर कहिलेसम्म समाधान गर्न सकिन्छ वा समाधान गर्न सकिँदैन भने किन सकिँदैन कारणसहित हामी सेवाग्राहीलाई जबाफ उपलब्ध गराउँछौं,’ उनले भने।

श्रमाधानका लागि ११४१, ९८०१८०००१३ फोन नम्बर उपलब्ध गराइएको छ। त्यस्तै ९८०१८०००१३ मा ह्वाट्स्, भाइबर तथा इमो पनि रहेको छ। एप पनि रहेको छ।

ट्विटर, फेसबुक, इमले लगायत अन्य माध्यमबाट पनि समस्या टिपाउन सकिनेछ। फेसबुक तथा ट्विटर लिंक श्रम मन्त्रालयको वेबसाइटमा पनि उपलब्ध छ।

मन्त्री अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भइरहेको विभेद पनि आफूले अन्त्य गरेको दाबी मन्त्री आर्यालले गरे।

Published on: 1 February 2023 | Setopati

Link

Back to list

;