s

श्रमिकबाट एक करोड ८६ लाख ठगी गर्ने मेरिगोल्ड ओभरसिज म्यानपावर विरुद्ध मुद्दा दायर

वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रा।लीका सञ्चालक र कर्मचारी विरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ।

संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेनलगायत मुलुक पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाइ ठगी गरेको उजुरी विभागमा परेको थियो।

उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो। विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको जनाएको छ।

जसअनुसार ३८ जनाबाट ठगी भएको १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्ति वापतको ९३ लाख ७ हजार ६ सयसमेत गरि २ करोड ७९ लाख २२ हजार ८ सय पिडितहरुलाई दिलाउने गरी निवेदन दिइएको विभागले बताएको छ।

मेरिगोल्ड ओभरसिज प्रा।ली विरुद्ध विदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधान अनुसार कारबाही गरिने विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

Published on: 4 August 2022 | Setopati

Link

Back to list

;