s

श्रम स्वीकृतिका लागि स्थानीय तहमै निवेदन दिन सकिने

अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारले स्थानीय निकायबाट नै श्रम स्वीकृतिका लागि निवेदन दिन सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बिहीबारको निर्णयअनुसार १ वैशाखदेखि कामदारले सात सय ५३ वटै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि निदेदन दिन सक्छन् ।

श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रमा डेस्क स्थापना गरेको छ । केन्द्रमा तीनजना कर्मचारी रहने मन्त्रालयका प्रवक्ता डुण्डुराज घिमिरेले बताए । बेरोजगार सूचीकृत गर्नुका साथै वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन चाहेमा प्रारम्भिक सेवा दिनेछन् । प्रवक्ता घिमिरेका अनुसार निवेदन दिन आवश्यक कागजपत्र संकलन गर्न केन्द्रका कर्मचारीले कामदारलाई सहयोग गर्ने उनले बताए ।

वैदेशिक रोजगारीमा जाने कामदारले काठमाडौंस्थित श्रम कार्यालयबाट मात्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था थियो । केही समयअघि श्रम मन्त्रालयले सातैवटा प्रदेशमा श्रम कार्यालय विस्तार गरी कार्यालयमार्फत श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ । श्रम स्वीकृति लिने व्यवस्थालाई अझै सहज बनाउँदै सरकारले स्थानीय निकायबाट श्रम स्वीकृतिका निवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

Published on: 31 March 2023 | Naya Patrika

Link

Back to list

;