s

श्रम स्वीकृति खुलेसँगै एक लाख ५० हजार बढी नेपालीले पाउने भए रोजगारी

सरकारले नयाँ श्रम स्वीकृति दिने घोषणा गरेसगैँ एक लाख बढी नेपाली वैदेशिक रोजगारीमा जान पाउने भएका छन्।

सरकारको यो निर्णयले लकडाउन अगाडि श्रम स्वीकृति स्थगित भएर रोकिएका कामदार र अब आउने कामदारको माग गरेर एक लाख ५० हजार बढी नेपाली वैदेशिक रोजगारीमा जाने बाटो खुलेको नेपाल वैदेशिक रोजगार व्यवसायी सघंका महासचिव सुजित श्रेष्ठले जानकारी दिए।

‘ सरकारको यो निर्णयले लकडाउन अघिका १ लाख ३० हजार युवा प्रत्यक्ष लाभान्वित हुन्छन्। त्यस्तै बहराइन, ओमान, दुवई कतार गरी करिव २० देखि ३० हजार कामदारको माग आउने सम्भावना छ। २० देखि २५ हजार नेपाली कामदार रोमानिया जाने तयारीमा छन्। कतिपयको त भिषा आइसक्यो,’ श्रेष्ठले सेतोपाटीसगँ भने।

निषेधाज्ञा सकिए लगत्तै श्रम स्वीकृति खुल्ला गर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए। 

‘कार्यलयहरु खुल्ने बित्तिकै हामी श्रम स्वीकृति खुल्ला गर्छौ। श्रमिकको माग आएका देशहरुलाई प्राथमिकतामा राखेर काम गर्ने तयारीमा छौं,’ उनले भने। 

कोभिड-१९ का कारण गत फागुन २७ देखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो। सोमबार नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सम्बन्धित श्रम गन्तब्य मुलुकसगँको सम्झौता र मागको आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गरिने जानकारी दिएका हुन्।

Published on: 1 September 2020 | Setopati

Link

Back to list

;