s

श्रम स्वीकृति घोटालाका ३३ जनाले पाए अदालतबाट सफाइ

वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने क्रममा भ्रष्टाचारको अभियोग लागेका ३३ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।सोमबार न्यायाधीशहरु द्वारिकामान जोशी, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले अभियोगमा संलग्न सबैलाई सफाइ दिएको हो ।
 
श्रम स्वीकृति दिने क्रममा भ्रष्टाचार गरेको अभियोगमा वैदेशिक रोजगार विभागका तत्कालिन निर्देशक रामजीप्रसाद बरालसहित ३३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ असार २०७२ मा विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
 
उक्त घोटालामा बरालसहित विभागका ९ जना कर्मचारी र बाँकी विभिन्न मेनपावर कम्पनीका प्रतिनिधिविरुद्ध अख्तियारले अदालतमा अभियोग पत्र दायर गरेको थियो । उनीहरूमाथि छुट्टाछुट्टै बिगो र कैद सजायको माग गरिएको थियो ।
 
लामो सुनुवाइपछि विशेष अदालतले सोमबार अभियोग लागेका सबैलाई सफाइ दिएको हो ।
 
Published on: 22 January 2018 | Onlinekhabar

Back to list

;