s

श्रम सम्झौताको कार्यान्यवन गर्न नेपाल र युएई सयुक्त कार्यदलको बैठक सुरु

नेपाल र यूएईबीच भएको श्रम सम्झौताको विषयमा छलफल गर्न सयुक्त कार्यसमूहको पहिलो बैठक काठमाडौंको मेरियट होटलमामा सुरु भएको छ।

आइतबारबाट सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ।गत जुनमा सम्पन्न भएको श्रम समझदारीलाई कार्यान्वयन गर्ने विषयमा केन्द्रित हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ।

बैठकमा श्रम मन्त्रालयका सहसचिवसहित छ सदस्यीय नेपाली प्रतिनिधिमण्डल तथा युएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गरेका छन्।

बैठकमा कामदारको छनौट, भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने, रोजगारदाताको कमि कमजोरीका कारण कामदार वेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्नेसक्ने विषयमा छलफल हुनेछ।

कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने, सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने मान्यतालाई स्थापित गरिएको, महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नेलगायतका दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल हुने छ।

यस्तै, व्यक्तिगत परिचयसम्बन्धि कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता, कामदारकको मृत्यु भएमा शव छिटो साधनद्वारा नेपालमा ल्याउन लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नु पर्ने विषयमा पनि छलफल हुनेछ।

कामदारले पाउने सेवा सुविधा तत्कालै भुक्तानी गर्नुपर्ने, कामदार र रोजगारदाताबीच विवाद उत्पन्न भई अदालतमा मुद्दा परी विचाराधिन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानूनी उपचारको प्रत्याभूति गरिनुपर्ने, त्यस्तो अवस्थामा कामदारले कानून बमोजिम अस्थायी श्रम स्वीकृतिका लागि आवेदन गर्नेसक्ने, समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्ने लगायतका प्राविधिक विषय संयुक्त वैठकबाट तय गर्ने मन्त्रालयले बताएको छ।

Published on: 3 November 2019 | Setopati

Link

Back to list

;