s

श्रम सम्झौता गर्न साउदी तयार

नेपालसँग श्रम सम्झौता गरेर नेपाली कामदार लैजान साउदी अरब तयार भएको छ । त्यसका लागि साउदीले प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

साउदी र नेपालबीच श्रम अधिकारीहरुबीच साउदीको राजधानी रियादमा भएको वार्तामा आइतबार यसबारे झण्डै दुई घण्टा छलफल भएको खबर कान्तिपुर दैनिकले खबर छापेको छ । वार्तामा साउदीको तर्फबाट डेपुटी श्रममन्त्री र नेपालको तर्फबाट श्रमसचिव सोमलाल सुवेदीले नेतृत्व गरेका थिए ।

‘श्रम सम्झौता गर्न साउदी तयार भयो,’ साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘श्रम सम्झौताको खाकासमेत बनाएर पठाउने सहमति भएको छ । साउदीले श्रम सम्झौता गरेमा नेपाली कामदारले कानुनी अधिकार पाउने छन्।

Published on: 26 September 2012 | Kantipur Daily

Back to list

;