s

श्रम समस्याको नीतिगत समाधानका लागि रोजगार सम्मेलन हुने

नेपालको श्रम समस्याको नीतिगत सुधारको लागि भन्दै सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ गर्ने भएको छ।उक्त सम्मेलन असार १५ र १६ गते होटल याक एण्ड यति होटलमा हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरियो।

सम्मेलनमा नेपाली श्रम बजारसँग सम्बन्धित विज्ञहरु तथा सरोकालवालाहरुसँग छलफल गर्ने मन्त्रालयले बताएको छ।सम्मेलनले नेपाली श्रम बजारमा रोजगारीको ठूलो संभावना भएका क्षेत्रको माग र आपूर्तिको आवस्था विश्लेषण गर्ने, श्रम बजारको माग र श्रमिकको आपूर्तिको विश्लेषण गरि समस्या समाधानको उपाय खोज्ने तथा स्वदेशमा संभावना भएका क्षेत्रमा युवाको आर्कषण बढाई दक्ष जनशक्ति विकास गर्न नीति, योजना र कार्यक्रम तय गर्ने मुख्य उदेश्य लिएको छ।

दुई दिने सम्मेलनको पहिलो दिन नेपालको श्रम तथा रोजगार सम्बन्धी नीतिको पुनरावलोकन, विदेशबाट फर्किएका श्रमिकको पुनः एकिकरण, र कामको भविस्यको विषयमा छलफल हुनेछ ।

यस्तै दोस्रो दिन नेपाली श्रम बजार र आयको अवस्था, कार्य संकृति र श्रमको मर्यादा, नेपाली युवा र उद्यमशिलता, सूचना प्रविधि, श्रमको उत्पादनशिलता तथा रोजगारीका लागि सिप विकासमा छलफल हुनेछ ।

कार्यक्रममा नमुना उद्यमीको प्रदर्शनी पनि राखिएको छ । कार्यक्रममा ३ सय ५० बढी श्रमसँग सम्बन्धित प्रतिनिधिहरुको सहभागिता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सम्मेलनपछि राष्ट्रिय रोजगार नीति तथा रोजगार समस्या समाधानको लागि साझा धारणा तयार हुने अपेक्षा मन्त्रालयको छ ।

Published on: 28 June 2019 | Setopati

Back to list

;