s

श्रम सहमति गर्न वार्ता टोली मलेसिया जाँदै

नेपाल सरकार र मलेसिया सरकारबीच सम्झौता (जीटुजी)मार्फत नेपाली श्रमिक पठाउने विषयमा दुवै देशका सरकारका सकारात्मक भएसँगै त्यसलाई अन्तिम रूप दिन सरकारी टोली मलेसिया जाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख सहसचिव कृष्ण ज्ञवालीको संयोजकत्वमा वार्ता टोली मलेसिया जान लागेको हो । 

टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र मलेसियास्थित राजदूतावासबाट दुईजना प्रतिनिधि सहभागी हुनुहुनेछ । टोली बुधबार मलेसिया जाने भएको हो । श्रम मन्त्रालयका अनुसार टोलीले शुक्रबार र शनिबार मलेसियाको मानव संशाधन र गृह मन्त्रालयका अधिकारीसँग वार्ता गर्ने कार्यक्रम छ । मलेसिया सरकारले नेपाल सरकारसँग नेपाली श्रमिक पठाउने विषयमा सम्झौता गर्न प्रस्ताव गरेको छ । यसबारे नेपाल र मलेसिया सरकारबीच मस्यौदा आदान–प्रदान गरेर आ–आफ्नो प्रस्ताव र सुझाव दिने काम भएको थियो । 

श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले मलेसिया नेपाली श्रमिक पठाउन अझै कतिपय विषयमा सहमति जुट्न नसकेकाले दुई पक्षको प्रत्यक्ष वार्तामार्फत मात्रै त्यसलाई टुङ्गो लगाउन मलेसिया जाने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र मलेसिया सरकारबीच कतिपय विषय मलेसियाको दूतावासमार्फत वा लिखित दस्तावेज आदान–प्रदान भइसकेको छ केही विषय मात्रै बाँकी छन् ती विषयमा पनि टोलीले टङ्ुगो लगाउने छ । 

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक र सामाजिक कुरामा विशेष जोड दिनुका साथै नेपाली श्रमिकलाई शून्य लागतमा पठाउनुपर्छ भन्ने मान्यताका साथ लबिङ गरिरहेको छ । अहिलेसम्म भएका नेपाल र मलेसियाबीच अनौपचारिक छलफल तथा पत्राचारका क्रममा नेपाली कामदारबाट अतिरिक्त शुल्क नलिने सहमति भएको छ । 

वार्ताका लागि मलेसिया जाने टोलीले नेपाली श्रमिकको हित र नेपाली श्रमिकलाई बढीभन्दा बढी फाइदा हुने विषयमा केन्द्रित हुने भएकाले नयाँ सम्भ्झौतापछि मलेसिया जाने श्रमिकले ढुक्कसँग काम गर्नसक्ने मन्त्रालयका प्रवक्ता दाहालले बताउनुभयो । 

नेपालले शून्य लागतमा लैजाने र सबै खर्च रोजगारदाताले नै बेहोर्ने र २४ घण्टे बीमा गर्नुपर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ तर मलेसिया सरकार लागत खर्च रोजगारदातामार्फता व्यहोर्ने व्यवस्था गर्ने विषयमा त सकारात्मक देखिएको छ अर्को महìवपूर्ण विषय बीमाका सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । 

मलेसियाका लागि कार्यवाहक राजदूतकुमार खरेलले वार्ताका लागि सबै तयारी भएको जानकारी दिँदै नेपालले गरेको अधिकांशमा प्रस्तावमा मलेसिया सरकार सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालबाट मलेसिया आएको टोलीले अन्तिम सम्झौताका लागि मलेसियाको मानव संशाधन मन्त्री नेपाल आउने विषयमा टुङ्गो लगाउने छ । 

नेपाल सरकारले मलेसिया जाने श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा एजेन्ट खडा गरेर आर्थिक शोषण गरेको भन्दै गएको जेठ ३ गतेदेखि नेपाली श्रमिक मलेसिया पठाउन रोक लगाएको छ ।

Published On: 26 September 2018 | Gorakhapatra

Back to list

;