s

श्रम सचिवमा दाहाल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नवनियुक्त सचिव महेशप्रसाद दाहालले बुधबार पद बहाली गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमण अगाडि युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएका दाहालले बुधबार मात्र मन्त्रालयमा पद बहाली गरेका हुन् ।
 
मन्त्रालयका तत्कालीन सचिव लक्ष्मणप्रसाद मैनाली पनि बुधबार नै विदाइ भई सरुवा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएका छन् । मन्त्रालयका कर्मचारीहरुले अपरान्ह मैनालीको विदाई र साँझ दाहालको स्वागत गरे । मन्त्रीलाई समेत जानकारी नदिई सरुवा भएको भन्दै सचिव सरुवा प्रकरणप्रति अधिकांश मन्त्रीको गुनासो थियो । मन्त्री गोकर्ण बिष्टले मैनालीलाई आफ्नै मन्त्रालयमै राख्न चाहेको र सचिव दाहाल पनि सरुवा भई श्रम मन्त्रालयमा आउन नचाहेको टिप्पणी थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्णयमा टसको मस नभएपछि सचिवहरु खटाइएको जिम्मेवारीमा गएका हुन् ।
 
Published on: 12 April 2018 | Madhyanha

Back to list

;