s

श्रम राज्यमन्त्रीको नाम बेचेर ४१ लाख ठगी

श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीको नाम बेचेर एक जनाले ४१ लाख ठगी गरेका छन् । दाङको घोरही उपमहानगरपालिका १५ का विशाल बस्नेतले श्रम राज्यमन्त्री चौधरीसँग कुरा भइसकेको भनी सरकारी कागज देखाई डेनमार्क पठाउने भन्दै ६ जना युवासँग ४१ लाख रुपैयाँ लिएर फरार भएको खुलासा भएको छ ।
 
बस्नेत हाल फरार रहेका छन् । बस्नेतले सरकारी कोटामा डेनमार्क पठाउने स्वीकृति उल्लेखित नक्कली कागज देखाई एक जनाबाट ७ लाख ५० हजार रुपैयाँसम्म उठाएको पीडितहरुले बताएका छन् । श्रम राज्यमन्त्री चौधरीले भने आफूलाई घटनाबारे केही थाहा नभएको बताएका छन् । उक्त ठगीविरुद्ध वैदेशिक रोजगार विभागले अनुसन्धान शुरु गरेको छ ।
 
विभागले व्यक्तिगतरुपमा ठगी गरेको भन्दै पक्राउ पुर्जी जारी गर्दै बस्नेतको परिवारको नाममा रहेको जग्गा बेचबिखनमा रोक्का गर्न पत्र पठाएको छ ।  विभागका अनुसार ठगीनेमा घोराहीका सुमन वली, तुलसीपुरका घनश्याम बिष्ट, डोजराज कालाथोकी, अर्जुन बुढाथोकी, अर्जुन बिक र सूर्य विसी छन् । उनीहरुलाई बस्नेतले गत पुस २६ गते डेनमार्क जाने उडान छ भन्दै काठमाडौं बोलाएका थिए । तर, सोही दिनदेखि बस्नेत फरार छन् ।
 
Published on: 1 February 2018 | Madhyanha

Back to list

;