s

श्रम पुनःस्विकृति शुरु

श्रम तथा रोजगार कार्यालय सुर्खेतले वैदेशिक रोजगारीका लागि श्रम पुनःस्विकृति शुरु गरेको छ । आईतबारदेखि कार्यालयले वैैदेशिक रोजगारीमा गएर घर विदामा फर्किएकाहरुका लागि आवश्यक पर्ने श्रम पुनःस्विकृति कार्य शुरु गरेको हो।

पुनः श्रम स्विकृतिका लागि धधध।मयाभ।नयख।लउ बाट अनलाईन फारम भर्न पनि सकिने कार्यालयले जनाएको छ । नयाँ श्रम स्विकृतिका लागि भने केही समय लाग्ने कार्यालयका प्रमुख रामकृष्ण आचार्यले जानकारी दिए । पुनः श्रम स्विकृतीको लागि विमा तथा कल्याणकारी कोषको १५ सय रुपैयाँ लाग्ने उनले जानकारी दिए ।

Published On: 20 January 2019 | Setopati

Back to list

;