s

श्रम मन्त्रीले माइग्राम, बायोमेट्रिक, भिएलएनपछि गाम्का नेपाल खारेज गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेजसँगै गाम्का नेपाल हटाउने विषयमा पहल थालेको छ। श्रममन्त्री गोकर्ण विष्टले गाम्का नेपालका विषयमा कुटनीतिक पहल थाल्न परराष्ट्र मन्त्रालयसँग आग्रह गरिसकेका छन्।
 
यस विषयमा सम्बन्धित देशका नेपालस्थित राजदुत र सम्बन्धित देशमा रहेका नेपाली राजदुतहरुसँग पनि उनले छलफल गरिसकेका छन्।  ‘यस विषयमा मैले साउदी, ओमन र बहराइनका अधिकारीहरुसँग छलफल गरिसकेको छु, ‘मन्त्री विष्टले भने त्यो सकरात्मक नै भएको छ।
 
अहिले वैदैशिक रोजगारका क्रममा साउदीअरव, बहराइन र ओमन जाने कामदारहरुले गाम्का नेपालमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। गाम्का नेपालले १२ वटा स्वास्थ्य संस्था खडा गरी सिण्डिकेट गरिरहेका छन् । स्वास्थ्य परीक्षण शुल्क ५५ सय तिर्नुपर्छ।
 
रजिष्ट्रेशन शुल्क बापत छुट्टै १० अमेरिकी डलर गरी एक जना कामदारले थप ६ हजार ५ सय तिर्नुपर्छ। मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम मन्त्रालयले खारेज गरेको हो।
 
नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले गाम्का नेपाल खारेज गर्न मन्त्री विष्टको ध्यानाकर्षण गराइसकेका छन्। उनीहरुले ४ वर्षदेखि नेपालमा गाम्का नेपाल अवैध रुपमा संचालन भइरहेको बताएका छन्।
 
Published on: 17 May 2018 | Setopati

Back to list

;