s

श्रम अदालतमा लक्ष्यभन्दा तेब्बर मुद्दा फैसला

श्रम अदालतले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट गरेको छ । अदालतका रजिस्ट्रार लालसिंह थापाका अनुसार जेठमा ३२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएकोमा ५७ वटा मुद्दा फैसला भएको छ । असारमा ३२ लक्ष्य राखिएकोमा ९१ मुद्दा टुंगो लागेको छ । साउनमा १० वटा मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा १६ वटा मुद्दा फैसला भएको छ ।

हाल जिम्मेवारी सरेर आएका मुद्दा संख्या १३४, नयाँ दर्ता संख्या २८, जम्मा दर्ता लगत १६२ रहेको अदालतले जनाएको छ । ‘हामी लक्ष्यभन्दा तेब्बर मुद्दाको फैसला गर्न सफल भएका छौँ,’ रजिस्ट्रार सिंहले भने, ‘जेठमा १७८.१२, असारमा २८४.३७ र साउनमा १६० प्रतिशत मुद्दाको फैसला भएको छ ।’ उनका अनुसार पछिल्लो तीन महिनामा श्रमसँग सम्बन्धित पेन्डिङ मुद्दा फैसला भएको हो ।

Published on: 24 August 2022 | Naya Patrika

Link

Back to list

;