s

सिप बिल्डिङका उम्मेदवारले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन पाउने व्यवस्था मिलाइँदै छ : मन्त्रालय

१३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा पानीजहाज निर्माण (सिप बिल्डिङ) क्षेत्रमा आवेदन दिएकालाई माग अनुसार उत्पादनमूलक क्षेत्रमा आवेदन दिन सक्ने गरी आवश्यक वार्ता तथा तयारी भइरहेको स्पष्ट पारेको छ ।

एक वर्षमा एकभन्दा बढी क्षेत्रमा आवेदन दिन नसकिने नियम कोरिया सरकारको भएको भन्दै यसलाई सुधार गर्न वार्ता तथा छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।

कोरिया सरकारको निकाय एचआरडी कोरियासँग छलफल भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

नेपालसहित कोरियामा कामदार जाने १६ वटै मुलुकमा यही नियम रहेको समेत मन्त्रालयको भनाइ छ ।

पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकाले उत्पादनमूलकमा पनि परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ । मन्त्रालयले सबै प्रकारका आन्दोलन र धर्ना नगर्न समेत आग्रह गरेको छ ।

Published on: 3 January 2024 | Onlinekhabar

Link

Back to list

;