s

सिप बिल्डिङका २१ हजार परीक्षार्थी अर्को भाषा परीक्षामा सामेल हुन पाउने

२३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । कोरियाली सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको छ ।२३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । कोरियाली सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक र कोरियाको मान संशाधन विकास (एचआरडी) विभागका अधिकारीहरुबीच सोमबार भएको छलफलमा कोरियाली पक्षले उत्पादनमूलतर्फ आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदकलाई नै परीक्षामा सामेल गराउने जानकारी दिएको हो । सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका करिब २१ हजार २५४ जना परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने भएका हुन् ।

‘जनवरी २० देखि नै तीन चरणमा परीक्षा सञ्चालन हुने जानकारी कोरियाली पक्षले दिएको छ,’ महानिर्देशक घिमिरेले भने,‘अब दैनिक ४ सिफ्टको ठाउँमा ५ सिफ्टमा परीक्षा लिएर दैनिक १ हजार जनालाई सहभागी गराउने कार्ययोजना बनेको छ ।’

पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइनेछ । ‘परीक्षा सञ्चालन गर्न थप ट्याब चाहिने भएकाले कोरियामा माग गरिसकेको जानकारी पनि पाएका छौ.,’ घिमिरेले भने,‘परीक्षार्थी धेरै भएकाले व्यवस्थापन सहज छैन, तर कोरियाली पक्षले सकेसम्म छिटो परीक्षा सक्न थप तयारी पनि गरिरहेको छ ।’

गत असारमा सिप बिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो । त्यसअघि साउनमा भएको सिप बिल्डिङका लागि ईपीएस परीक्षामा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए ।
त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । तर सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था भएकाले अनुत्तीर्ण भएका ३० हजारलाई आवेदन भर्न दिइएको थिएन ।

तर, परीक्षार्थीले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउनुपर्ने भन्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । ५ पुसमा अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।

त्यसपछि पुनः उच्च अदालत पाटमा परेका अर्को रिटमा सुनुवाइ गर्दै अदालतले १३ पुसमा सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो । अदलतको आदेशपछि उनीहरुलाई पनि सहभागी हुन पाउने गरी १६ पुसदेखि आवेदन खुला गरिएको थियो ।

त्यसअघि सिप बिल्डिङ क्षेत्रमा सहभागी भएकाले अरु क्षेत्रको परीक्षामा पनि सहभागी हुन पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा १२ पुसमा ललितपुरको बालकुमारीमा सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

त्यसपछि सरकारले सप बिल्डिङ क्षेत्रमा सहभागी भएकालाई पनि फारम भर्न खुला गरेपनि करिब २१ हजारले मात्रै आवेदन दिएका थिए । ती परीक्षार्थीलाई परीक्षा दिन कोरियाले अनुमति दिन्छ कि दिँदैन भन्ने अन्योल अब हटेको छ ।

Published on: 9 January 2024 | Onlinekhabar

Link

Back to list

;