s

शरणार्थी बनाएर अमेरिका र क्यानडा पठाउने गिरोह पक्राउ

• नक्कली नागरिकताको आधारमा एमआरपी बनाएर

नेपाली नागरिकलाई भुटानी परिचय पत्र बनाएर अमेरिका र क्यानडा पठाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । भुटानी शरणार्थी जीतबहादुर सुब्बा पक्राउ परिसकेका छन् भने अरु फरार छन् । उनले झापा खुदुनाबारी-२, मदनपुर ठेगाना राखेर २०६७ फागुन १३ मा नक्कली नेपाली नागरिकता बनाएको छ । त्यसैका आधारमा उनले नेपाली राहादानी समेत बनाएका छन् । झापा बेलडाँगी २ शरणर्थी शिबिर बस्ने २९ बषिर्य उनलाई प्रहरीको केन्दि्रय अनुसन्धान ब्यूरोले बालुवाटार स्थित आईओएम ट्रान्जिट सेन्टरबाट शुक्रबार पक्राउ गरेको हो ।
 
'आइओएमले एपि्रल १६ तारेख (वैशाख ४ गते) शरणार्थीको हैसियतमा अमेरिका उडाउने तयारीमा थियो,' ब्यूरोका प्रहरी नायब उपरिक्षक प्रविण पोखरेलले भने- 'उनीमाथि छानविन गर्नुछ, अहिले नपठाइदिन आग्रह गरेपछि उनको उडान रोकियो, त्यस क्रममा प्रमाण संकलन गरेर क्याम्पबाटै नियन्त्रणमा लिएका हौ ।'
 
उनले नेपाली नागरिक संग प्रतिव्यक्ति ७ देखि २२ लाख रुपैयाँसम्म रकम लिएर अमेरिका पठाउने गरेको पक्राउपछि अनुसन्धानबाट खुलेको पोखरेलले बताए । १५ जना भन्दा बढीलाई मंहगो रकम लिएर क्यानडा र अमेरिका पठाईसकेको अनुसन्धानबाट खुलेको उनले बताए । 'नेपाललाई भुटानी बनाएर पठाउने गरेको उजुरी परेको आधारमा छानविन गरेका थियौ, सुब्बा  पक्राउ पर्यो ,'उनले भने,'भुटानी नागरिक यस्ता घटनामा समातिएको पहिलो हो ।' नौ महिना अघि यस्तै कार्यमा संलग्न तीन जना नेपाली पक्राउ परेको थियो ।
 
नेपाललाई भुटानीको परिचय पत्र दिएर तेस्रो मुलुक पठाउनेमा सुब्बा, भुटान पिपुल्स पार्टीका उपाध्यक्ष जागिरमान लामा, आकाश राई भन्ने लालबहादुर राई, पदमलाल मिश्र लगायतको समुह रहेको ब्यूरोले जनाएको छ । सुब्बा बाहेक अन्य फरार रहेको प्रहरीले जनाएको छ ।
 
शरनार्थी जीतबहादुरले झापा जुरोपानी गाविस सचिव विष्णु पौडेलसंगको मिलोमतोमा नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ । उनको बाबु हर्कलाल सुब्बाले डेढ बर्ष पहिले जिल्ला प्रशासन झापाबाटै नेपाली नागरिकता लिईसकेको खुल्न आएको ब्यूरोले जनाएको छ । जिल्ला प्रशासन कार्यालय झापाको रेकर्ड अनुसार जितबहादुर सुब्बाको नागरिकता नम्बर ०४१००९/१०७० को नागरिकता झापा खुदुनावारी ४ बस्ने प्रेम बहादुर दर्जीको छोरा मंगेश दर्जीको नाममा जारी भएको छ । उनले २०६७ फागुन १३ गते नागरिकता लिएको देखिन्छ ।
 
ब्यूरोका अनुसार गाबिस सचिवलाई पहिलो किस्तामा ५० हजार र दोस्रो किस्तामा ३० हजार रुपैया गरी ८० हजार रुपैया घुस खुवाएको बयानबाट खुलेको पोखरेलले बताए । 'नागरिकता लिने क्रममा जितबहादुर र हर्कलालले झापा जुरोपानी गा.वि.स.का सचिव विष्णु पौडेललाई क्रमसः ५० हजार र३० हजार बुझाएको बयानबाट खुल्न आएको छ,' उनले भने ।
उक्त नागरिकताको आधारमा जीतबहादुरले राहदानी बिभाग नारायणहिटीबाट डिसेम्बर २७, २०११ मा ०५७७१०७३ नम्बरको एमआरपी लिएको ब्यूरोले जनाएको छ । उक्त राहदानी लिन उनले जिल्ला प्रशासन कार्यालय झापाबाटै सिफारिश लिएको देखिन्छ । प्रशासनको ढड्डामा दर्जीको नाम भए पनि उनले आफ्नै नाममा राहदानी सिफारिस पाएको देखिन्छ । यसले प्रशासनसमेत दह्रो गरी मिलेको पुष्टि हुन्छ ।
 
सिफारिसका आधारमा राहदानी बिभागले उनकै नाममा राहदानी जारी गरेको छ । वातावरण विज्ञानमा स्नातक उतिर्ण गरेका उनी ९ बर्षको उमेरमा नेपाल आएका सुब्बा भुटानी शरणर्थीलाई तेसो मुलुक पुनस्र्थापना गर्ने क्रममा अमेरिका जाने तयारीमा भएको पोखरेलले बताए । उनी १९९२ नोभेम्बर १८ मा भुटानी शरणर्थी शिविरमा दर्ता भएका थिए ।
 
ब्यूरोले जीत बहादुरलाई आवश्यक कारबाहीको लागि आइतबार महानगरिय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ । त्यस्तै उनलाई नागरिकता किर्ते गरी राहदानी लिएको अभियोगमा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
 
Published on: 30 April 2012 | Kantipur

Back to list

;