s

शैक्षिक प्रमाणपत्रको आधारमा ७ लाख रुपैयाँसम्म ऋण

सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत् सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने घोषणा गरेको हो ।
 
संघीय संसदमा मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत व्याज अनुदानमा रु ७ लाख सम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।’
 
त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको वीमा गर्ने सरकारको बजेटमा उल्लेख छ । विद्यार्थीहरुले लामो समयदेखि शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउन माग गर्दै आएका थिए ।
 
सरकारले नवीनतम ज्ञान सिप र क्षमता भएकालाई व्यवसाय सन्चालनको लागि सुरुअाती पूँजी उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गरेको छ ।
 
Published on: 29 May 2018 | Onlinekhabar

Back to list

;