s

सेवा शुल्क बढाउन पाउनुपर्ने म्यानपावर व्यवसायीको माग

बैदेशिक रोजगार व्यवसायीले सेवा शुल्क बढाउन पाउनुपर्ने माग गरेका छन्। एक विज्ञप्ति जारी गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघले दक्षिण एसियाली मुलुकसँग समान हुने गरी सेवा शुल्क तथा नीति परिमार्जन गर्नुपर्ने माग गरेको हो। दक्षिण एसियाली मुलुकसँग समान हुनेगरी सेवा शुल्क तोकेमा आफूहरु धरौटी बढाउन तयार रहेको व्यवसायीको भनाई छ।
 
रोजगारदाता कम्पनीले नेपाली कामदार लिनुपर्ने बाध्यात्मक अवस्था नरहेकाले अन्य एसियाली मुलुकका एजेन्सीहरुसँग प्रतिस्पर्धी गर्न चुनौतिपूर्ण भएको व्यवसायीको भनाई छ। सेवा शुल्क नबढेको अवस्थामा धरौटी बढाउन नसकिने भन्दै व्यवसायीहरुले धरौटी बढाउने निर्णयको विरोध जनाएका छन्। सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउनुका साथै वर्षमा कम्तीमा १ सय कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज गर्ने भएको छ।
 
Published on: 12 February 2019 । Setopati

Back to list

;