s

सर्बिया पठाइदिन्छु भनेर १७ लाख ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलाली लम्किचुहा नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँबसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जा वालिङ नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका लामिछाने, बलराम थापामगर तीन जनालाई वैदेशिक रोजगारीको लागि सर्विया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति आठ लाख लाग्ने भन्दै, पीडितबाट पटकपटक गरी १७ लाख रकम लिई सम्पर्कविहीन भएका मगरले निशान खड्कालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिने तथा, त्यसको लागि रु पाँच लाख लाग्ने भन्दै निज पीडितबाट पटकपटक गरी जम्मा दुई लाख ५० हजार रकम लिई सम्पर्कविहीन भएको तथा गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी जम्मा रु १४ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेका उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

Published on: 11 September 2023 | Setopati

Link

Back to list

;