s

सौतेनी आमाबाट बेचिएकीको उद्धार

दुई वर्षअघि सौतेनी आमाबाट ७ सयमा बेचिएकी किशोरीलाई भारतको एक संस्थाले उद्धार गरी नेपाल फर्काएको छ । भारतको सिलिगुडीस्थित कञ्चनजंघा उद्धार केन्द्रले पाँच दिनअघि उद्धार गरी फर्काएकी १४ वषर्ीया ज्योति थापा -नाम परिवर्तन) ले सौतेनी आमाबाटै आफू बेचिएको दाबी गरेकी छन् । 'बुवा घरमा नभएको मौका पारेर मलाई आमाले बेचिन्,' साना हातहरू नामक संस्था संरक्षणमा रहेकी ज्योतिले भनिन्, 'जान्न भन्दै रुँदा कराउँदा पनि जबर्जस्ती पठाइन् ।'
 
नवलपरासी गैंडाकोट घर बताउने उनी आफ्नी आमाचाहिँ वैदेशिक रोजगारका लागि खाडी मुलुकमा रहेको बताउँछिन् । सौतेनी आमाले भारत कालिम्पोङकी मीना क्षेत्री नामकी महिलासँग ७ सय रुपैयाँ लिएर आफूलाई जिम्मा लगाएको उनले बताइन् । 
 
बेचिइनुअघि उनले सौतेनी आमाको दिनहुँको शारीरिक यातना र खप्की सहनुपरेको थियो । ती महिलाले आफ्नै घरमा बच्चा हेर्ने काम गर्न राख्ने र पढाइदिने आश्वासन दिएको तर कालिम्पोङ पुर्यााएर त्यहींको एक होटलमा भाँडा माझ्ने काममा लगाएको बताइन् । उनले होटलवालाले बारम्बार शारीरिक र मानसिक यातना दिने गरेको सुनाइन् । बारम्बारको यातना सहन नसकेपछि भागेकी उनलाई स्थानीय प्रहरीले उद्धार केन्द्रमा बुझाएको थियो ।
 
ज्योतिलाई घर र्फकने तीव्र इच्छा छ तर सौतेनी आमाबाट पाएको यातनाले अझै झस्काउँछ । 'घर र्फकने पाए हुन्थ्योजस्तो लाग्छ,' उनले भनिन्, 'सौतेनी आमाको डर छ ।' ५ कक्षा पढ्दापढ्दै छाडेकी उनलाई अझै स्कुल जाने मन छ । उनी भन्छिन्, 'तर कसले पढाइदिन्छ थाहा छैन ।' चरम यातनाले होला उनका हात थर्थराइरहन्छन् । आँखा जुधाएर कसैसँग बोल्ने साहस उनीसँग छैन । भारतबाटै उद्धार गरिएकी अर्की किशोरीले पनि सौतेनी बाबुको यातनाका कारण घर छाड्नुपरेको बताइन् । साना हातको संरक्षणमै रहेकी १८ वषर्ीया ती किशोरीले सौतेनी बाबुले 'तँ मेरी छोरी होइनस्' भन्दै कुटपिट गर्नुका साथै बारम्बार बलात्कार प्रयास गरेको बताइन् । 'बाबुको यातना सहन नसकेर घरबाट भागेँ,' सुनसरी दुलारीकी ती किशोरीले भनिन् । साना हातहरूका उमेश लामाले उनलाई पनि भारत सिलिगुडीको कञ्चनजंघा उद्धार केन्द्रले उद्धार गरी जिम्मा लगाएको बताए । 'दुवैका अभिभावकको जिम्मा लगाउने सोचमा छौं,' लामाले भने, 'तर अभिभावक पहिचानमा समस्या भइरहेको छ ।'
 
Published on: 18 June 2013 | Kantipur

Back to list

;