s

साउनदेखि मजदुरको न्युनतम तलब १३ हजार ४ सय बनाउन सिफारिस

साउन १ देखि मजदुरको न्युनतम तलब बढ्ने भएको छ। न्युनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको न्युनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ हुने सिफारिस गरेको हो।
 
श्रम मन्त्रालय, उद्योगी तथा मजदुरका प्रतिनिधि सम्मेलित उक्त समितिले हालको तलबमा ३ हजार ७ सय ५० रुपैयाँ वृद्धि गर्दै १३ हजार ४ सय ५० पुर्याउने सहमति गरेको हो। नयाँ तलब साउनदेखि लागू हुनेछ।
 
त्यस्तै यस साउनबाट रोजगारदाता तथा मजदुरको योगदान आधारमा सामाजिक सुरक्षा कोषमा समेत रकम जम्मा हुने व्यवस्था गरिएको छ।हाल मजदुरको न्युनतम तलब ९ हजार ७ सय रुपैयाँ छ।
 
Published on: 9 July 2018 | Setopati

Back to list

;