s

साउदीमा लम्बियो कर्फ्यूको आदेश, पूर्ण पालना गर्न दूतावासको अनुरोध

गोरखापत्र अनलाइन

काठमाडौं, चैत्र २१ गते । साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न कर्फ्यूको आदेश थप गरेकोे छ ।

साउदीमास्थित नेपाली दूतावासले प्रेस बिज्ञप्ति जारी गर्दै आज अप्रिल ३, शुक्रबारबाट लागू हुने गरी पूर्वीक्षेत्रका दम्माम, ताइफ र कतिफ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जानकारी दिएको हो ।

अर्को सूचना नभएसम्मका लागि दिनको ३ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । तसर्थ सो क्षेत्रमा रहेका नेपालीहरुले कर्फ्यूको समयलाई पूर्ण पालना गर्नु दूतावासले अनुरोध गरेको छ ।

सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको छ । 

Published on: 3 April 2020 | Gorkhapatra

Link

Back to list

;