s

साउदीमा कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने

मुकुन्द गैरे

काठमाडौं, चैत्र २० गते । साउदीमा कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने भएको छ ।

साउदी स्थित नेपाली राजदूतावासले हिजो बुधवार एक सूचना जारी गदैं उक्त कुरा जानकारी गराएको हो ।

साउदी सरकारले सहमति वेगर वेतलवी विदामा राख्न नपाइने गरी केही दिन अगाडि निर्देशन जारी गरेको दूतावासले जानकारी गराएको हो ।

कहि कतै कुनै कम्पनीले कामदारको सहमति वेगर तलव र विदा सम्बन्धि कुनै कागजातमा हस्ताक्षर गर्न भनेमा साउदी सरकारद्धारा जारी कागजात उपर सम्बन्धित कम्पनीको ध्यानाकर्षण गराउन अनुरोध गरेको छ । 

बुधवार सम्ममा साउदीले जारी गरेको तथ्यांक अनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १७२० पुगेको छ ।

हिजो थप १५७ जनामा संक्रमण देखिएको दूतावासले जानकारी दिएको छ । कुल संक्रमितहरु मध्ये हालसम्म २६४ जना निको भएका छन् ।

हिजो ६ जना संक्रमितहरुको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १६ पुगेको छ । प्राप्त जानकारी अनुसार हिजो सम्म नेपालीहरूमा यसको संक्रमण भेटिएको छैन ।

साउदी अरबमा कोरोना संक्रमणको शुरुवात भएको हिजो १ महिना पुगेको छ ।

यस अवधिमा साउदी अरबमा रहेका नेपालीहरुमा यो भाइरस संक्रमणको जानकारी प्राप्त भएको छैन ।

संक्रमण घट्दो क्रममा नरहेकाले आउँदा दिनहरुमा पनि संक्रमण हुनबाट बच्न अत्यन्त सावधानी अपनाउनुहुन साउदीमा रहेका सवै नेपालीलाई राजदूतावासले अनुरोध गरेको छ ।

Published on: 2 April 2020 | Gorkhapatra

Link

Back to list

;