s

साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

मुकुन्द गैरे

काठमाडौँ, जेठ २५ गते । साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन जेद्दामा रहेको नेपाली कन्सुलेट जनरलले आग्रह गरेको छ ।

कन्सुलेटले साउदी अरेबियाको मक्का पश्चिम क्षेत्र (ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरान ) मा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा भागेर अवैधानिक भई हुरुब लागेका वा नलागेका कम्पनीले अकामा नबनाइदिएका साथै नवीकरण नगरिदिएकाले पनि कन्सुलेटमा सम्पर्क भनिएको छ ।

राहदानीको फोटोकपी, अकामा बनेको भएमा अकामाको फोटोकपी, अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपीको पेस गर्न अनुरोध गरिएको छ ।

साथै नाम, मोबाइल नम्बर, कम्पनीको नाम, स्थान विवरण खुलाउनपर्ने छ ।

कन्सुलेट जनरलले अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई घरफिर्तिको लागि सूचना प्रवाह गरी समन्वय र सहयोग पुर्याउनु हुन साउदी अरेबियामा रहेका सबै नेपाली सङ्घसंस्थाहरूलाई अनुरोधसमेत गरेको छ ।

कोभिड - १९ को विश्वव्यापी सङ्क्रमणको कारणले स्वदेश फर्कनैपर्ने अवस्था भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले स्वदेश फर्कन सहजीकरण गर्ने निर्णय गरेको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई पनि स्वदेश ल्याउन सुरु भइसकेको छ ।

Published on: 7 June 2020 | Gorkhapatra

Link

Back to list

;