s

साउदीमा थप १२० जना नेपालीले पाए बहिर्गमन भिसा

गाेरखापत्र अनलाइन

काठमाडौँ, भदौ १२ गते । साउदीमा थप १२० जना नेपालीले बहिर्गमन भिसा प्राप्त गरेका छन् । साउदीस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुरा जानकारी गराएको हो । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ७३८ जना नेपालीलाई बहिर्गमन भिसा जारी गरेको छ ।

यसमध्ये ६१८ सम्मको सूची यसअघि नै प्रकाशन गरिसकिएको दूतावासले बताएको छ । साउदीका विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरेका कामदारले नेपाल फर्कनको लागि वहिर्गमन भिसा प्राप्त गर्नुपर्ने हुन्छ ।

उक्त भिसा पाएका नेपाली कामदार अब स्वदेश फर्कन बाटो खुलेको छ । नेपाली दूतावासले अनुरोध गरेबमोजिम साउदी सरकारले बहिर्गमन भिसा प्रदान गरेको हो । साथै, विभिन्न व्यक्तिहरूले झुठा विवरण दिई दूतावाससमक्ष वहिर्गमन भिसाका लागि राहदानी तथा ईकामा पेश गरे त्यस्ता व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्नेमा दूतावासले सचेत गराएको छ । बहिर्गमन भिसा जारी भएकाहरूले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरूबाट नेपाल जाने तयारी गर्नुहुन दूतावासले अनुरोध गरेको छ ।

Published on: 28 August 2020 | Gorkhapatra

Link

Back to list

;