s

साउदीमा सयौं नेपाली अलपत्र

होम कार्की

साउदी सरकारले आफ्ना नागरिकलाई रोजगार दिने उद्देश्यले ल्याएको साउदीकरण -निताकत) को 'खराब सूची' अर्थात् 'रेड-जोन' मा परेका कम्पनीहरूमा कार्यरत सयौं नेपाली कामदार स्वदेश र्फकन वञ्चित भएका छन् । 

साउदी सरकारले त्यस्ता कम्पनीका सबै कामकारबाही रोकिदिएपछि नेपाली कामदारका परिचयपत्र नबन्ने र तलब नपाउने त छँदैछ, उनीहरू घर फिर्नसमेत पाइरहेका छैनन् । त्यस्ता रेड-जोनमा परेका कम्पनीहरू सयौंको संख्यामा रहे पनि समस्यामा पर्ने नेपाली कामदारको संख्या यकिन हुन सकेको छैन । 'रेड-जोनमा पर्ने कम्पनीमा कार्यरत कामदारको परिचयपत्र नबन्ने भएकाले स्वदेश फिर्नबाट वञ्चित भएका छन्,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने, 'यस्ता समस्यामा परेका नेपालीहरू दूतावासमा ओइरिरहेका छन् । त्यसलाई सल्टाउन निकै ठूलो मेहनत गर्नुपरिरहेको छ ।'

भूभाग निकै ठूलो र दूतावासबाट हजारांै किलोमिटर टाढा कार्यरत नेपालीहरू समस्या लिएर दूतावास पुग्न नसक्दा समस्याहरू अझै बाहिर आएका छैनन् । दमामको रियाद हाईवेका एक कम्पनीमा मात्रै १ सय ५० नेपाली कामदार अलपत्र छन् । इनरुवा सुनसरीका लक्ष्मण पौडेल ४ वर्ष बितिसक्दा पनि साउदी अरबबाट स्वदेश फिर्न नपाएपछि निकै समस्यामा परेका छन् । दुई वर्षे करारमा नबिल म्यानपावरमार्फत गएका उनीले करार अवधि सकिनासाथ घर पठाइदिन अनुरोध गरेका थिए । '३० महिनापछि कम्पनीलाई स्वदेश पठाउन अनुरोध गरे पनि सनुवाइ भएन,'  रियादस्थित सुलैयाबाट पौडेलले कान्तिपुरसँग भने, 'हुन्छ/हुन्छ भन्दाभन्दै अहिले कम्पनी नै बन्द भयो ।'

स्थानीय चिज उद्योगमा कार्यरत उनीजस्ता सुनसरीकै प्रकाशकृष्ण कटुवाल, मोरङका जीवन कटुवाल, सुमन केरङ लगायतको हालत सिनजस्तै छ । उनीहरू १० महिनादेखि कामविहीन भएर क्याम्पमा घर फिर्ने दिन कुरिरहेका छन् ।

सुर्खेतका धनबहादुर ओलीले कम्पनी रेड-जोनमा परेपछि गैरकानुनी हैसियतमा पुगेको बताए । 'अहिले कम्पनी नै बन्द छ । काम नगरी बसेको ११ महिना भयो,' चार वर्षदेखि र्फकन नपाएका उनले भने । ओलीका अनुसार सँगै आइपुगेका अन्य ८५ जना कोही पनि र्फकन पाएका छैनन् । 'भागेर जाऊन् भन्ने कम्पनी चाहन्छ,' उनले भने, 'तर हामी आफ्नो कानुनी हैसियत नगुमाउन बसिरहेका छौं ।'

कैयौं कामदारले साथमा पैसासमेत नहुँदा दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । 'आठ महिनादेखि काम पाएको छैन, काम नपाएपछि तलब पनि छैन,' जनकपुरका विनय शाहले भने, 'मजस्ता मेरो कम्पनीमा १३ जना छौं ।' 

'अधिकांश नेपाली कामदारले आफ्नो कम्पनी रेड-जोनमा परेको समेत थाहा पाउन सकेका छैनन्,' राजदूत पाण्डेले भने, 'सुरुमै आइदिए हामी छिट्टै उद्धारमा जुट्थ्यौं, तर सबै उपायहरू बन्द भएपछि उनीहरू दूतावास आइपुग्छन्, अनि के गर्ने ?'

रेड-जोनमा परेका त्यस्ता कम्पनीले कामदारको परिचपत्रका लागि जरिवाना बुझाएमा मात्रै कामदारहरू साउदी छाड्न पाउँछन् । तर, आर्थिक रूपमा धराशायी भएका कम्पनीले त्यसरी जरिवाना तिर्ने गरेका छैनन् । 'हामीले त्यस्ता कम्पनीविरुद्ध यहाँको परराष्ट्र मन्त्रालयको सहयोगमा स्थानीय गभर्नरमा जरिवाना तिरी स्वदेश फर्काउन उजुरी दिने गरेका छौं,' पाण्डेले भने, 'त्यसमा केही सफल पनि हुँदै गइरहेका छौं ।' साउदीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष धर्म केसीका अनुसार दिन प्रतिदिन कसिँदै, गहिरिँदै र गम्भीर बन्दै गएका यस नीति नियमहरूका कारण साउदीमा कार्यरत विदेशी कामदार र तिनका रोजगारदाता कम्पनी थप समस्यामा पर्दैछन् ।

के हो साउदीकरण ? 

बेरोजगार बढ्दै गएपछि साउदी सरकारले आफ्नो नागरिकलाई कम्पनीमा अनिवार्य रोजगार दिन ल्याएको अभियान नै 'साउदीकरण' हो । एक वर्षअघिदेखि सुरु यो अभियानमा कम्पनीहरूलाई तीनवटा तहमा विभाजन गरिएका छन्- ग्रीन, एलो र रेड । कम्पनीको अवस्था हेरेर निश्चित प्रतिशत साउदी नागरिकका लागि रोजगारी कोटा छुट्टयाइन्छ । त्यो कोटा पुर्‍याउनेलाई ग्रीन जोनमा राखिन्छ । कोटा पुर्‍याउन चेतावनी पाएका तर काम बन्द नगरिएका कम्पनीहरू एलो-जोनमा पर्छन् । र, काम बन्द गराई कारबाहीमा परेका कम्पनीलाई रेड-जोनमा राखिन्छ । यस्ता कम्पनीको सबै आर्थिक कारोबारसमेत रोकिन्छ । यसैअनुसार साउदी नागरिकलाई प्राथमिकतामा राखोस् भनेर विदेशी कामदारको इकामा शुल्क अत्यधिक वृद्धि गर्दै व्ार्षर्िक सय रियालबाट २५ सय रियाल बनाइएको छ । 

गत सातामात्रै साउदी कामदारका लागि न्यूनतम तलब ३ हजार साउदी रियाल तोकिएको छ । अब प्रायः सबै रोजगारदाता कम्पनीमा ठूलै व्यय भार थपिने निश्चित छ । यसअघि धेरैजसो कम्पनीले तोकिएको साउदी कामदारको प्रतिशत पुर्‍याउन एक हजारदेखि १५ सय रियाल तलब दिएर साउदी कामदार देखाउँदै आएका थिए । तर, अब १५ सयभन्दा कम तलब दिएको पाइएमा त्यस्ता कामदारको गणना नहुने र १५ सय दिएमा आधा मात्र -२ कामदार बराबर १) गणना हुने जनाइएको छ ।

४ वर्षदेखि र्फकन पाएको छैन, १० महिनादेखि कोठामा सुतिरहेको छु

- पीडित लक्ष्मण पौडेल

साउदीकरणबाट विदेशी कामदारहरू थप समस्यामा पर्दैछन् 

 - एनआरएनए, साउदी

घर र्फकनबाट वञ्चित नेपाली दूतावास आइरहेका छन्, समस्या सल्टाउन मुस्किल परिरहेछ

 - साउदीस्थित नेपाली दूतावास

Published on : 21 January 2013 | Kantipur

Back to list

;