s

साउदीमा सास्ती

सुर्खेतका धनबहादुर ओली साउदी अरबस्थित गल्फ हेल्थ कम्पनीमा स्टोरकिपरको काम गर्थे । लक्की ओभरसिज मार्फत त्यहाँ पुगेको उनको समूह सुरुदेखि नै झमेलामा पर्दै आएको थियो । 

काठमाडौंमा म्यानपावरले भनेजस्तो नभएपछि उनी सहितका कामदारहरू स्वदेश फिर्न चाहे । नेपाली दूतावासको संयोजनमा चरणबद्ध वार्ताहरू भए । कम्पनी १२/१२ जनाको समूह बनाएर स्वदेश पठाउने सहमत भयो । 'तर चार वर्ष बित्यो घर गएको छैन,' उनले भने, 'उल्टै कम्पनी नै बन्द भयो ।'
 
उनी ११ महिनादेखि कामविहीन छन् । 'कम्पनी पठाउन नसक्ने स्थितिमा छ । आफ्नै ढंगले जाउ त कानुनी अड्चनका कारण मिल्दैन,' उनले भने, 'हामी त घर न घाटको भयौं ।' उनीहरू एउटै कोठामा पाँचजना छन् । अरू साथी सम्पर्कमा छैनन् । 'यो कम्पनीबाट घर फिर्न नपाएको एक सय होलान्,' उनले भने ।
 
नयाँ नीतिको मार साउदीमा धमाधम कम्पनीहरू रेडजोनमा पर्न थालेपछि अलपत्र पर्ने नेपालीको संख्या बढिरहेको छ । एक वर्षयता साउदी सरकारले आफ्ना नागरिकलाई अनिवार्य रोजगार दिन थालेको साउदीकरण -निताकत) नियम लागू नगर्ने कम्पनीहरू रेड जोनमा पर्न थालेका हुन् । कम्पनीको अवस्था हेरेर निश्चित प्रतिशत रोजगारी साउदी नागरिकका लागि छुट्ट्याएको छ । 'रेड जोनमा परेका कम्पनीका सबै कारोबार रोक्का गरेको छ,' साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डे भन्छन्, 'जसका कारण कामदारका परिचयपत्र नबन्ने, तलब नपाउने र घर फिर्नबाट समेत वञ्चित हुनुपरेको छ ।' 
 
न्यून तलबमा काम लगाइरहेका त्यस्ता कम्पनीसँग बढी जसो नेपाली कामदार छन् । रेड जोनमा पर्ने कम्पनीका कामदारको परिचयपत्र नवीकरण नभएकाले उनीहरू स्वदेश फिर्नबाट वञ्चित छन् । 
 
सानातिना कम्पनीले साउदी नागरिकलाई निकै महँगो तलब र सेवासुविद्या दिनुपर्ने स्थिति छ । गत सातामात्रै साउदी कामदारका लागि न्यूनतम तलब ३ हजार रियाल तोकिएको छ । झन् त्यसमा परिचय पत्र -अकामा) को वाषिर्क शुल्क एक सय २५ सय रियाल कायम गरिएको छ । यसले कम्पनीले झन् आर्थिकभार थपिदिएको छ । 
 
यसअघि धेरैजसो कम्पनीले तोकिएको साउदी कामदारको प्रतिशत पुर्या उन हजारदेखि १५ सय रियाल तलब दिएर साउदी कामदार देखाउँदै आएका थिए । अब १५ सयभन्दा कम तलब दिएको पाइएमा तिनको गण्ाना नहुने र १५ सय दिएमा आधा मात्र -२ कामदार बराबार १) गणना हुने जनाइएको छ । 
 
सोध्दैमा हैरानी रोलेक्स म्यानपावरबाट बाराका सुलेन्द्रकुमार शाह दुबईमा काम गर्न आएका थिए । दुबईबाट उनलाई साउदीमा वाटर पुपि|mङको काम गर्न लगियो । 'दुई साल पुगेदेखि दुई-दुई महिनापछि पठाउँछु भन्दै चार वर्ष पुर्याायो,' उनले भने, 'अहिले पनि अपि्रलमा पठाउँछु भनेर रोकेको छ ।' 
 
उनको क्याम्पमा ५ जना छन् । '३ जना साथीको आमा बितेको छ । एक जनाको श्रीमती बितेको छ । कसैलाई पठाउँदैन,' उनले भने, 'हामी त निकै हैरानीमा छौं ।' उनीहरूले काम छाडेर बसेका छन् । ३ महिनाअघि आमा बितेका भीरकोट गोरखाका रामबहादुर अधिकारी आफ्नो परिचय पत्र -अक्कामा) नबनाइदिएकाले घरफिर्नबाट वञ्चित छन् । 'कम्पनीको सबै कानुनी हैसियत भएमा मात्रै परिचयपत्र बन्दोरहेछ । हामी जस्ता २० जनाभन्दा बढीको परिचयपत्र नै बनाउन सकेको छैन,' उनले भने, 'जहिले छिट्टै गर्छु भन्छ । अहिले फेरि प|mेब्रुअरी १५ सम्मको समय दिएको छ ।'     
 
इनरुवा सुनसरीका लक्ष्मण पौडेल १० महिनादेखि कामविहीन भएर बसेका छन् । ४ वर्ष बितिसक्दा पनि साउदी अरबबाट स्वदेश फिर्न नपाएकोमा उनको कम्पनी बन्द भएको छ ।
 
Published on: 27 January 2013 | Kantipur

Back to list

;