s

साउदीमा नेपालीको मृत्यु

वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा पुगेका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । 

साउदीमा अरबमा आठ वर्ष पहिलेदेखि कार्यरत पर्वत जिल्ला पिपलटारी गाविस-९ का डिलबहादुर कामीको सडक दुर्घटनामा मृत्यु भएको हो ।

साउदी अरेवियाको ताइफ भन्ने स्थानमा रहेको अलयुनी इन्भेष्टमेन्ट एन्ड कन्ट्रयाक्टिङ  कम्पनीमा सिकर्मीको काम गर्दै आएका कामीको कम्पनीकै कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएको हो ।

कामीलाई ठक्कर दिने गाडी चालक र त्यसका मालिकलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको त्यहाँ रहेका नेपालीहरूले जानकारी दिएका छन् ।

मृतकका बावुआमा, श्रीमती, दुई छोरी छन् ।

मृतकको परिवालाई राहत तथा क्षतिपूर्तिका लागि पहल गरिदिन स्थानीय रामभक्त विकले आग्रह गरेका छन् ।

Published on: 28 April 2012 | Nagarik

Back to list

;