s

साउदीमा नेपाली कामदारको स्वास्थ्य परीक्षण

साउदी अरबस्थित नेपाली दूतावासले पूर्वी क्षेत्रमा रहेको जुवेलस्थित एसओएस कम्पनीमा कार्यरत एक सय ५० नेपालीको स्वास्थ्य परीक्षण गरेको छ ।
 
दूतावासले बदर अल खलिज अस्पतालका चिकित्सकको सहयोगमा स्वास्थ्य शिविर चलाएको हो । परीक्षणमा सबैभन्दा धेरैलाई मधुमेह (सुगर) को समस्या देखिएको छ ।
 
‘साउदी अरबमा कार्यरत नेपालीलाई कार्यस्थलमै गएर भेट्ने, गुनासो सुन्ने र समाधान गर्ने लक्ष्य छ,’ स्वास्थ्य शिविरपछि आयोजित अन्तक्र्रियामा साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने । उनले हरेक ४ महिनामा आफ्नो तलबबाट एक हजार रियाल आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
 
उनले यसअघि दुर्घटनामा परी अस्पतालमा उपचार गरिरहेका धनुषाका एक श्रमिक र प्रेम बचाउ अभियानलाई एक/एक हजार रियाल सहयोग गरेका थिए । त्यस क्रममा राजदूत सिंहसमक्ष पीडित श्रमिकले आआफ्ना समस्या राखेका थिए । श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले ७ महिनामा झन्डै २ हजार नेपाली कामदारको श्रम गुनासो सम्बोधन गरेको बताए ।
 
Published on: 26 March 2018 | Kantipur

Back to list

;