s

साउदीमा नेपाली हजुरआमा अलपत्र

दिनेश रेग्मी

'बाह्र छोरा १३ नाति बूढाको धोक्रो काँधै माथि' भन्ने उखानजस्तै भएको छ- साउदी अरबमा अलपत्र परेकी झविकला सार्कीलाई । सात छोराछोरी र पाँच नातिनातिनी भएकी झविकला यतिबेला घर फिर्ने दिन कुर्दै छिन् । 

गुल्मी, गौंडाकोट-७ घुम्टेकी ५० वषर्ीया झविकला ६ वर्षअघि घरेलु काम -हाउसमेड) का लागि साउदी गएकी थिइन् । बुटवल खैरेनीका गुरुप्रसाद भन्ने एजेन्टमार्फत मुम्बईको बाटो हुँदै उनी साउदी पुगेकी हुन् । अरबी साहुले २ वर्षे सम्झौता अवधि सकिएपछि पनि विभिन्न बहाना बनाएर फर्किन नदिएपछि ६ वर्ष बित्यो । र्फकन नपाएपछि उनका पछिल्ला दिन कष्टकर बने । एक आफन्तले दूतावासमा फोन गरेर जानकारी दिएपछि आइतबार साहुको घरबाट उनको उद्धार भएको हो । 

'आफन्तले फोन गरेपछि पत्ता लगाएर उद्धार गरी दूतावास ल्याएका छौं,' राजदूत उदयराज पाण्डेले कान्तिपुरसँग भने, 'अहिले प्रहरी प्रक्रियामा छ, साता/दस दिनभित्र देश र्फकन्छिन् ।' उनलाई जेद्धाबाट दूतावासले उद्धार गरेको थियो । 

घरमा बिरामी रहेका उनका पति भीमबहादुरले 'परिवारमा खान नपुगे पछि कमाउन जाँदा पत्नीले झन् समस्या भोग्नुपरेको' दुखेसो गरे । 'तपाइर्ं बिरामी हुनुहुन्छ, छोराछोरी हेर्नुस्, म पैसा कमाएर ल्याउँछु भनेर गएकी हुन्,' ५२ वर्षे भीमबहादुरले कान्तिपुरसँग भने, 'मलाई दुःख नहोस् भनेर गइन्, र्फकन नपाएर झन् ठूलो दुःख भयो ।' भारत दिल्लीको फरियावादमा एक कम्पनीमा ३ वर्ष काम गर्दागर्दै खुट्टा नाजुक हुने बिरामी भएपछि भीमबहादुर घर फर्केका थिए । घर धान्नकै लागि झविकला ३० हजार रुपैयाँ एजेन्टलाई बुझाएर साउदी पुगेकी थिइन् । भीमबहादुरका अनुसार पहिला गाउँबाट दुई युवती साउदी गएका थिए । त्यसको सिको गर्दै उनकी जेठी छोरी सपना पुगिन् । सपना गएको अर्को वर्ष छोरीलाई पठाउनेमार्फत उनी गएकी हुन् । 

झविकलाका चार छोरा, तीन छोरी, तीन नाति र दुई नातिना छन् । ती नातिनातिना २८ वषर्ीय जेठा छोरा, २४ वषर्ीय साइँलो छोरा र २२ वषर्ीया जेठी छोरीका हुन् । दुई वर्षमा फर्केकी जेठी छोरी सपना अहिले श्रीमान्सहित दिल्लीमा छिन् ।

रियादस्थित नेपाली दूतावासले जेद्धाबाट सडकमा आएर दिन कटाएकी अर्की एक महिला सिर्सीपुर-७, स्याङ्जाकी २६ वषर्ीया चन्द्रकला परिवारलाई पनि उद्धार गरेको छ । 'साहुको कुटपिट सहन नसकेर भागेर दुई दिन सडकको कन्टेनरमा रात बिताएकी रहिछन्,' राजदूत पाण्डेले भने, 'उनलाई देखेर नेपालीले खबर दिएपछि उद्धार गरेर ल्याएका छौं ।' 

Published on: 20 March 2013 | Kantipur 

Back to list

;