s

साउदीमा कालोसूचीमा परेका कम्पनीमा कार्यरत नेपाली अलपत्र

साउदी अरबले रेड जोन -कालोसूची) मा राखेका कम्पनीमा कार्यरत नेपालीकामदारले तलब नपाउने भएका छन् । साथै ती कामदारले घर फिर्नसमेत पाएका छैनन्।

साउदी सरकारले आफ्नो नीतिलाई कार्यान्वयन नगर्ने कम्पनीलाई कालोसूचीमाराखी उनीहरूको काम कारबाही रोक्का गरेपछि त्यस्ता कम्पनीमा कार्यरत नेपालीसमस्या परेका हुन् । त्यस्ता कम्पनीको सूची राजदूतले खोजिरहेको छ ।

'रेडजोनमा पर्ने कम्पनी दिनप्रतिदिन बढिरहेको छ,' साउदीका लागि नेपालीराजदूत उदयराज पाण्डेले कान्तिपुरलाई भने, 'त्यसबाट नेपाली कामदारहरू  समस्यामा परेका छन् ।'रेडजोनमा परेका कम्पनीको बैंकिङ कारोबार, भिसा नवीकरण, स्पोन्सरसिप, कामदारको परिचयपत्र बनाउनेलगायतको कारोबार सरकारले रोक्का राखेको छ । जसले गर्दा तलब नपाउने, परिचयपत्र नबन्ने, घर फिर्न नपाउनेजस्ता समस्यामा लिएर दूतावास धाउनेको संख्या बढेको दूतावासले जनाएको छ ।

दूतावासले यसरी समस्या परेका नेपालीलाई राहत दिन स्थानीय गभर्नर समन्वयगर्न सुरु गरेको छ । 'अल सोयमा कार्यरत ९४ जना कामदारको समस्यालाई यहाँगभर्नरलाई भनेर टुंगो लगाउन सफल भयौं,' पाण्डले भने, '६५ जना काम गर्नेसाउदी फिउल कम्पनीको समस्या समाधान गर्नको लागि प्रक्रिया अगाडि बढाइएको छ।'

सात महिनाअघि साउदी सरकारले आफ्ना बेरोजगार नागरिकलाई काम दिन हरेककम्पनीले कम्तीमा १० प्रतिशत कोटा छुट्याउनुपर्ने व्यवस्था गरेको थियो ।त्यसपछि सरकारको निर्देशन मानेको आधारमा कम्पनीलाई गि्रन -सबैभन्दा राम्रो)एलो -राम्रो) र रेड -खराब) मा वर्गीकरण गरिएको थियो ।

साउदी नागरिकलाई कम्तीमा ३ हजार रियाल -६६ हजार रुपैयाँ) दिनुपर्ने भएकालेअधिकांश कम्पनीलाई सस्तो कामदार -नेपालीलाई २२ हजार रुपैयाँ) राख्न पाइनेभएकाले सरकारी नीति धेरै कम्पनीले कार्यान्वयन गरेका थिएनन् ।साउदीका बेरोजगार नागरिकले २ हजार रियाल -करिब ४४ हजार) पाउँछन् ।त्योभन्दा थोरै मात्रै बढी तलब पाइने हुँदा त्यहाँका नागरिकले काम नगर्नेआशंकामा धेरै कम्पनीले कोटा छुट्याउन अटेर गरेका हुन् । अटेर गरेपछिसरकारले कम्पनीको कारोबारलाई रोक्का गर्न थालेको हो । 'अहिले सरकारले निकैकडा गर्न थालेको छ,' राजदूत पाण्डेले भने, 'यसको असर हामीले पनिभोग्नुपरेको छ ।'

दूतावासका श्रम सहचारी चण्डेश्वर आचार्यले हरेक महिना कामदारले झन्डै एकसय कम्पनीसँग सम्बन्धित मुद्दा दूतावासले हेरिरहनुपरेको बताए । 'अधिकांशकोतलब नपाएको र पचिरयपत्र नबनेको गुनासो छ,' उनले भने, 'यसले झन् समस्याथपिएको छ ।' 
कामदारको परिचयपत्र नबन्दा गैरकानुनी हुने संख्या पनि बढेको दूतावासलेजनाएको छ । 'कम्पनीले परिचयपत्र नबनाइदिँदा गैरकानुनी भए । गैरकानुनी भएपछिउनीहरू सजिलै घर जान सकेका छैनन्,' राजदूत पाण्डेले भने । यसरी गैरकानुनीभएको कामदार घर फिर्न जेल जानुपर्ने बाध्यता छ । दूतावासका अनुसार जेल जानेसंख्या पनि बढेको छ । दमाम जेलमा सात सय नेपाली घर फिर्तीका लागि बसिरहेकोदूतावासले जनाएको छ । त्यहाँबाट सातामा झन्डै तीन सय नेपाली घर फिर्न सफलभएको बताए ।

'कम्पनीले तलब नदिएपछि भाग्न बाध्य भए,' दुई महिनाअघि जेल गएका पाल्पाकाजय विश्वकर्माले टेलिफोनमा भने, 'घर आउने दिन कुरेर बसिरहेको छु ।' साउदीमा करिब ६ लाख नेपाली कार्यरत छन् । यो नेपालीहरूको प्रमुख गन्तव्यहो । साउदीमा हालै तलब बढेको खबरसँगै देखिएको यो नयाँ खाले समस्या हो ।हालै त्यहा कार्यरत नेपालीले न्यूनतम २२ हजार रुपैयाँ पाउने व्यवस्थागरिएको थियो । साउदी जाने नेपाली कामदार अधिकांश अदक्ष छन् ।

Published on: 20 May 2012 | Kantipur

Back to list

;