s

साउदीमा ज्यान गुमाएका नेपालीले पाउने साढे चार करोड रकम नेपाल आइपुग्यो

गाेरखापत्र अनलाइन

काठमाडौं साउन, २७ गते । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत रहेको अवस्थाका ज्यान गुमाएका ९५ जना नेपालीले कम्पनीबाट बिभिन्न शिर्षकमा पाउनु पर्ने बाँकी साढे चार करोड बराबरको रकम नेपाल पठाइएको छ । साउदी स्थित नेपाली राजदूतावासले मृतक कामदारले पाउनु पर्ने बापतको १४ लाख ५४ हजार ६८९.६१ साउदी रियल रकम दूतावासले कम्पनीमा पहल गरि नेपाल स्थित कन्सुलर विभागमा बैंक ट्रान्सफर गरेको जानकारी दिएको हो ।

मृतकहरुले सम्बधित कम्पनीबाट बुझन बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा बल्डमनीको रकम भएको दूतावासले बताएको छ । यसैबीच, दूर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकहरुका हकवालाको तर्फबाट विभिन्न अदालतहरुमा गई राजदूतावासले बहस पैरवी गर्दै आएको छ । अन्य नेपालीको मुद्दाको विषयमा पनि नियमित फलोअप गरिरहेको दूतावासले जनाएको छ ।

Published on: 11 August 2020 | Gorkhapatra

Link

Back to list

;